जव राजीनामा माग्नेले नै गरे प्रशंसा….

169 Hits

काठमाडौं, २१ असोज ।
जव कसैको राजीनामा माग्नेले नै प्रशंसा गर्न थाल्दछन् अनि कस्तो अनुभुति हुन्छ होला ? हो यस्तै भएको छ नेपालमा आज । केही दिनदेखि गृहमन्त्री र प्रहरी प्रमूखहरुको राजीनामाको माग लिएर सडकदेखि मन्त्रालयसम्म पुगेका मानिसहरुले आज गृहमनत्री र प्रहरी प्रमूखहरुको प्रशंसा गरेका छन् । ‘गुण र दोषको आधारमा विरोध र प्रशंसा गर्ने हो ।’ अखिल क्रान्तिकारीका अध्यक्ष रन्जीत तामांगले भने -‘हामीले कसैको पनि निरपेक्ष समर्थन वा विरोध गर्दैनौं ।’


हिजोसम्म निर्मला हत्याकाण्डका अपराधीलाई पक्राउ गर्न नसकेको र दोषी पत्ता लगाउन नसकेको भनेर गृहमन्त्री र प्रहरी प्रमूखको विरुद्ध सडक र मन्त्रालय पुगेकाहरुले आज निर्मला हत्याकाण्डको छानविन समितिले पेश गरेको प्रतिवेदन सार्वजनीक गरेको तथा मुलूक टुक्र्याउने गतिविधि सञ्चालन गरेका सिके राउतलाई पक्राउ गरेको कार्यलाई मुक्त कण्ठले स्वागत गरेका छन् ।


विद्यार्थी नेता सुरेन्द्र बस्नेतले पनि यी दुई कदमको प्रशंसा गर्दै गृहमन्त्री र प्रहरी प्रमूखलाई बधाई दिएका छन् । उनीहरु सहितका विदार्थी नेताहरुले प्रहरी प्रमूखको वर्खास्तीसहितको माग लिएर गृमनत्रीलार्य ज्ञापन पत्र बुझाएका थिए जसले गर्दा विद्यार्थी संगठनमा विवादसमेत भएको थियो ।
हो प्रहरी प्रशासन र गृहमन्त्रालयको नियतमा शंका नगरी गुण र दोष्को आधारमा नै समर्थन गर्ने कार्यले नै राम्रो गर्छ । नत्र भने अपराधीको मनोवल बढ्ने र प्रही प्रशासन र गृह मन्त्रालयको मनोवल खस्कने हुन्छ । गृह मन्त्रालय र प्रहरी प्रसासनको मनोबल खस्कन गयो भने कसले गर्ला जनताको सुरक्षा ?

Loading...

Related News

मन्त्रीपरिषद निर्णय : राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख

काठमाडौं, २२ माघ । सरकारले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्…

अब पेन्सन याेगदानमा अाधारीत हुने, हेर्नुस् कसरी पाईन्छ पेन्सन ?

काठमाडौँ,३० पुस । योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) कोषको व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी