आज नेकपा सचिवालय बैठक, टुंगिएला त एकीकरण प्रक्रिया ?

141 Hits

काठमाडौँ, २१ असोज-
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

अपरान्ह ४ बजे नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सरकार र पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ । सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भनेर टिप्पणी आइरहेका बेला हुन लागेको बैठकमा सरकारका विषयमा गम्भीर समिक्षा हुने एक सदस्यले बताए ।
पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टि साथै सरकारका कामको समिक्षा लगायतका विषयमा छलफलका हुने बताइएको छ ।

यस अघि अशोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुंगो लगाएको थियो । तर, उक्त बैठकको निर्णयलाई लिएर बरिष्ठ नेता माधवकुमार नेपाल र अर्का सदस्य नारायणकाजी श्रेष्ठको असन्तुष्टि रहँदै आएको छ । सचिवालयका वरिष्ठ नेता नेपालले सार्वजनिकरुपमै प्रदेश पदाधिकारीको विषयलाइ लिएर असन्तुष्टि जनाएका थिए ।

त्यसैगरी बैठकमा तल्ला तहका कमिटीको एकीकरण प्रक्रियालाई टुंग्याउने विषयमा पनि छलफल गरिने भएको छ । एकतामामा ढिलाई हुँदा पार्टीमा अन्यौलता छाएको भन्दै जिल्ल स्तरबाट नेताहरुलाई दबाब बढिरहेको छ ।

यस अघि बसेको सचिवालय बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ अनुपस्थित थिए । विदेश भ्रमणमा रहेका बेला सचिवालयले प्रदेश पदाधिकारीको जिम्मेवारी तोकेपछि खासगरी नेपाल समूहले चर्को असन्तुष्टि जनाउँदै आएको छ ।
पार्टी अध्यक्षद्धय प्रधानमन्त्री के पी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको पछिल्लो छलफलपछि आजको लागि सचिवालय बैठक तय भएको थियो ।

Loading...

Related News

माथि पुग्न सजिलो छ, तर टिकिरहन गाह्रो छ : प्रचण्ड

काठमाडौं, २३ मंसिर– नेकपा अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोही पनि माथि चढ्ने कुरा सामान्य भएको तर चुचुरोमा…

नेकपा कर्णालीको बैठकमा नयाँ बहस चलाउन शर्माको निर्देशन

सुर्खेत, २३ मंसिर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कमिटीको पहिलो बैठक शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । देशभरीकै पहिलो…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी