अनेक प्रतिकूलता र घेरावन्दीका बाबजुद सरकारले सक्नेजति गरेकै छ : गुरुङ

189 Hits

काठमाडौं, २० असोज ।
सत्तारुढ नेकपाका संसदिय दलका प्रमूख सचेतक एवं स्थायी समिति सदस्य देव प्रसाद गुरुङले सरकारले सक्नेजति राम्रो गरेको दावी गरेका छन् ।
लमजुङ काठमाडौं सम्पर्क मञ्चले राजधानीमा आयोजना गरेको दशैं तिहार छठ नेपाल सम्बत लगायतका राष्टिय चाडहरुको सन्दर्भमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा संवोधन गर्दै गुरुङले स्वदेशी र विदेशी चरम घेरावन्दीका बाबजुद वर्तमान सरकराले धेरै गरेको दावी गरेका हुन् ।

दक्षीणतिरको खुल्ला सिमाना छ उत्तर तर्फ तिब्बतलाई अमेरीकी लगायतले घेरावन्दी गर्न नेपाललाई क्रिडास्थल बनाउन घुँडा धसेर लागिरहेका छन्, नेपालमा सैन्य तालिम गर्न खोजीरहेका छन् र नेपालमा अस्थिरता मच्चाउन विभिन्न संघ संस्था र दलहरुमार्फत अरबौंको लागिनी गरिरहेका छन् यस्तो बेलामा सरकारले जे गर्न खोजेको छ त्यो धेरै राम्रो हो, गुरुङको तर्क थियो ।
नेपालमा बामपंथीहरुबीचको एकता र त्यो भन्दा पनि कम्युनिष्टको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार बनेको देखिसाध्य भएको छैन केही शक्तिहरुलाई त्यसैले सरकार विरुद्ध चर्को घेरावन्दी भइरहेको उनको टिप्पणी थियो । उनले कर्मचारी तन्त्र पुरानै ढर्रामा रहेको राजनीतिक दलका नेताहरुमा गुटबन्दीको सोच कायम रहेको तथा कार्यपालिका र न्यायापालिकाबीच चर्को विरोधाभासले गर्दा सरकारले यो भन्दा धेरै गर्न नसक्ने अवस्था रहेको बताए ।

उनले सरकारले स्थायीत्वको लािग, विकास र समृद्धिको लािग अपरधाको नियन्त्रणको लािग र जनतामा आशा जगाउनको लािग गरेको कार्य उल्लेखनीय र प्रशंसनिय भएको भन्दै सरकारको बचाउ गरेका थिए ।
उनले विभिन्न देशी विदेशी शत्तिःहरु नेकपाको नेतृत्वमा एकता हुन नदिन र फुट गराउन सक्रिय भएको समेत आरोप लगाए । उनले यदि नेताहरुले यो कुरा नबुझेरपुन गुट र फुटको मानसिकतामा जाने हो भने नेकपाको मात्रै होइन नेपाल राष्टको स्वाभिमान नै खतरामा पर्ने चेतावनी दिए ।
उनले कार्यकर्ताहरुले दशैंको शुभकामना दिंदा यो विषयलाई सबै जनतामा लैजान अपील गरे ।
नेकपा एमाले र नेकपा माओवाद िकेन्द्र सम्वद्ध मञ्चको संयुक्त कार्यक्रममा पुर्व सांसद जमीन्द्रमान घले, लाल बहादुर गुरुङ, डा. भिष्म अधिकारी, नेकपा गण्डकी प्रदेश सम्पर्क मञ्चकी अध्यक्ष तारा कुमाल, प्राध्यापक इश्वर न्यौपाने, वरिष्ठ पत्रकार सन्तोष पौडेल, मञ्चका सलाहाकार संयोजक डिवी मजाकोटी, नेकपा लमजुङकी महिला नेतृ यशोदा रिमाल, लिलाधर सापकोटालगायतका नेताहरु अतिथि रहेका थिए ।

पुर्व माओवादी केन्द्र सम्वद्ध जनसम्पर्क मञ्चका अध्यक्ष गुणराज घिमिरेको अध्यक्षता र पुर्व एमाले सम्वद्ध मञ्चका अध्यक्ष नन्दराज गुरुंगको संचालनमा सम्पन्न कार्यक्रममा सहभागिहरुले दशैंकोे शुभकामना व्यक्त गर्दै वर्तमान सरकारले जनतामा उपलव्धीमूलक काम गर्न नसकेको भन्दै दुखेसो पोखेका थिए ।

Loading...

Related News

सरकारकाे नीति कार्यक्रम र राष्ट्रिय स्वाधिनताको प्रश्न

-देव गुरुङ- १. सम्मानीय राष्ट्रपतिज्यूद्वारा प्रस्तुत सरकारको २ सय १८ बुँदे नीति–कार्यक्रम मुलभूत रूपमा सही रहेको छ । यसले ४…

काङ्ग्रेससँग छलफल गरेरै स्वास्थ्य विधेयक सदनमा गएको हाे – गुरूङ

काठमाडौं , १४ माघ – राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियाअनुसार नै संसदीय समितिबाट पास भएको एजेन्डा हो । छलफल…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी