बैंकहरुबाट आक्रामक कर्जा प्रवाह : एक सातामा १९ अर्ब

52 Hits

काठमाडौं, १९ असोज ।
बैंकहरु कर्जा प्रवाहमा अत्यन्त तिव्र गतिमा अगाडि वढेका छन् । चालू आर्थिक वर्षको तेस्रो महिना सुरु भएसँगै बैंकहरूले आक्रामक ल्यान्डिङ गर्न थालेका हुन् । बैंकहरूले असोजको दोस्रो सातामा मात्रै १९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका तथ्यांक आएको छ ।
असोज ६ देखि १२ गतेसम्मको अवधिमा २८ वटा वाणिज्य बैंकले ८ अर्ब रुपैयाँ मात्र निक्षेप बढाएको भए पनि दोब्बरभन्दा धेरैले कर्जा प्रवाह गरेका हुन् । कर्जाको माग नै उच्च भएपछि सोहीअनुसार प्रवाह गर्दा कर्जा प्रवाह आक्रामक देखिएको हो ।

चालू आर्थिक वर्षको साउनदेखि असोज १२ गतेसम्म बाणिज्य बैंकहरूले ५० अर्ब निक्षेप संकलन गर्दा १ सय ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको अन्तिम महिनामा अर्थात् असारमा मात्र १०१ अर्ब निक्षेप थपिएको थियो । तर, सो अवधिमा बैंकहरूले ४८ अर्ब मात्र कर्जा प्रवाह गरेका थिए । सरकारी खर्च भएका कारण सो अवधिमा बैंकमा निक्षेप बढेको थियो ।
गत असारमा सरकारी खर्चले मात्र नभै बैंकहरूले कृत्रिम निक्षेप पनि सिर्जना गरेकाले बढेको हो । तर, यसपटक विगतमा जस्तो धेरै कृत्रिम निक्षेप सिर्जना नभएको बैंकहरू बताउँछन् ।
असारमा उच्च दरमा बढेको निक्षेपका कारण बैंकहरूको औसत पुँजी, कर्जा तथा निक्षेप अनुपात सहज अवस्थामा रहेकाले कर्जा प्रवाह दर उच्च देखिए पनि तत्काल असर नहुने बैंकहरू बताउँछन् । बैंकहरूसँग अझै ८० अर्बको हाराहारीमा कर्जा प्रवाह गर्न सक्ने क्षमता देखिन्छ ।
विगतमा बैंकहरूले आर्थिक वर्षको सुरुमा आक्रामक कर्जा प्रवाह गर्दा दोस्रो त्रैमासपछि निक्षेपको अभाव बढेपछि कर्जा प्रवाहमा नियन्त्रण गर्नुपरेको थियो । उच्च दरमा बढेको ब्याजदर नियन्त्रणका लागि बैंकहरूले भद्र सहमति गरेर निश्चित सिमा तोकेका थिए । अहिले बैंकहरूले ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै असर नगरोस् भन्दै मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा धेरै ब्याजदर नदिने सहमति गरेको कायम नै छ ।
सरकारले चालू आर्थिक वर्षमा समयमा नै खर्च गर्ने भनेको छ । तर, संघीय संरचनाअनुसारको ऐन नियम बनिनसकेकाले खर्च हुनेमा आशंका रहेको बैंकरहरूको भनाइ छ । गत वर्ष सरकारले समयमा निकासा गरेको रकमसमेत खर्च हुन सकेको थिएन ।
चालू आर्थिक वर्षको असोज १२ गतेसम्ममा बैंकहरूमा कूल २५२० अर्ब निक्षेप छ । सो अवधिमा बैंकहरूले २२०८ अर्ब कर्जा प्रवाह गरेका छन । साउनमा सरकारी ढुकुटीमा १७८ अर्ब १२ करोड रुपैयाँ जम्मा भएको छ । कारोबार दैनिकबाट

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी