असोज २४ देखि गाडीले पालो पर्खनु नपर्ने, रुट परमिट खुला

145 Hits

काठमाडौं, १९ असोज ।
यसपटक दशैको लागि यात्रुहरुले सास्ती बेहोर्नु नपर्ने भएको छ । यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र ९रुट परमिट० खुला गरेपछि यात्रुलाई सहज हुने भएको हो ।

विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहजरुपले गन्तव्यमा पु¥याउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने प्रतिक्रिया दिए ।
“दशैँको समयमा इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउने भएपछि यात्रुलाई थप सहज हुन्छ”, सिटौलाले भने ।

ठूला सवारी साधनलाई सञ्चालनमा रोक

विभागले सो समयमा सामान बोकेर काठमाडौँ भित्रिने ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाएको छ । ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले असोज २४ देखि ३१ सम्म नारायणघाटबाट काठमाडौँ आउने सवारी साधनलाई रोक लगाएको हो विभागले भनेको छ ।
यस अघि बसहरुले पालो पर्खेर मात्रै जान पाउने प्रावधान रहेकोमा चाड पर्वमा यात्रुको असुविधालाई ध्यानमा राख्दै विभागले गरेको निर्णयले यात्रुहरुले राहत महसुस गर्ने भएका हुन् ।

Loading...

Related News

यात्रुबसमा जिपीएस प्रणाली, यात्रुको आकर्षण त्यसैमा

काठमाडौं, ३० असार– यात्रु बसमा विभिन्न प्रविधिमैत्रि बनाउने चलन बढ्दै गएको छ । वाइफाई, भिडियो, मल्टिमिडिया लगायउतका सुविधाहरु थप्ने होडवाजी…

फेरी खस्यो त्रिशुलीमा बस, ५ को ज्यान गयो, २५ घाइते

काठमाडौं, ५ जेठ। लामो समयपछि आज फेरी यात्रुबाहक बस त्रिशुलीमा खसेर भएको दुर्घटनामा ५ को ज्यान गएको छ । झापाको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का