नेकपा लमजुङ काठमाडौं सम्पर्क मञ्चको शुभकामना कार्यक्रम असोज २० मा
काठमाडौं, १९ असोज ।
सत्तारुढ नेकपा सम्वद्ध लमजुङ काठमाडौं सम्पर्क मञ्चले दशैको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । वडा दशैं तथा दिपावली २०७५ को अवसरमा लमजुङबाट विभिन्न पेशा व्यवसाय गरी काठमाडौंमा रहेका जील्लावासीहरुबीच शुभकामना आदानप्रदान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको जनसम्पर्क मञ्चका सचिव तिर्थ न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार नेकपा माओवादी केन्द्र र नेकपा एमाले सम्वद्ध दुबै सम्पर्क मञ्चको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । केन्द्रमा पार्टी एकता भएको भएतापनि तल्लो कमिटिमा एकता सम्पन्न भइनसकेको अवस्थामा दुबैले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।
नेकपा लमजुङ काठमाडौं सम्पर्क मञ्चको नाममा असोज २० गते शनिवार आयोजना गरिएको कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य एवं संसदिय दलका प्रमूख सचेतक तथा लमजुङबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद देव प्रसाद गुरुङको प्रमूख आतिथ्यता रहने जनाइएको छ ।
काठमाडौंको बसुन्धरास्थित सिमा पार्टी प्यालेसमा शनिवार विहान ७ बजे आयोजना गरिएको कार्यक्रममा नेकपाका दुबै सम्पर्क मञ्चका सदस्यहरु र अन्य महानुभावहरुलाई समेत आमन्त्रण गरिएको सचिव न्यौपानेले बताए ।