ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु ,एक गम्भीर घाइते

29 Hits

काठमाडौं, १८ असाेज । सिन्धुली- बनेपा-सिन्धुली-बर्दिवास (वीपी) राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपलभञ्याङमा बा २ क २२९७ नम्बरका ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा गजुरी ट्रकका चालक गाउँपालिका- ५ धादीङका ३० वर्षीय लोकबहादुर मगर र सहचालक सप्तरी जिल्लास्थित सप्तकोशी नगरपालिका स्थायी ठेगाना भएका १८ का काले भन्ने भोजबहादुर आचार्य रहेको सिन्धुली प्रहरीले जनाएको छ।

दुर्घटनामा सप्तकोशी नगरपालिका सप्तरीका १७ वर्षीय लक्ष्मण परियार गम्भीर घाइते भएका छन्। उनको सिन्धुली अस्पतालमा उपचार गरी थप उपचारका लागि काभ्रेको दुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए। दुर्घटनामा सहचालक आचार्यको घटनास्थलमै मृत्यु भएको र चालक मगरको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनको भनाइ छ। मृतक दुवैको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ। मृतकका आफन्त आइपुगेपछि शव बुझाउने स्पतालले जनाएको छ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी