‘काँग्रेस नेतृत्वको सरकारले थपेको ८ खर्ब ऋण अहिलेको सरकारले तिरिरहेको छ’

140 Hits

सिन्धुली – कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले विगतमा कांग्रेस नेतृत्वको सरकारले झण्डै ८ खर्ब रुपैयाँ स्रोत सुनिश्चितता गरी दायित्व तिर्नुपर्ने भार थपेको आरोप लगाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री खनालले काँग्रेस नेतृत्वको सरकारले थपेको ऋण अहिले तिरिरहेको दावी गरेका हुन्।

खनालले पहिले अस्थिर सरकारलाई जस्तो आलोचना गर्ने अवस्था अहिले नरहेकाले अधिकतम उत्पादनमा जोड दिन आग्रह गरेका छन्। उनले कृषि क्षेत्रको विकास लागि आफूले केही राम्रा योजना तथा कार्यक्रमहरु सुरु गरेको उनले बताए। सरकारले स्थानीय किसानको समस्या समाधान गर्न लागि परेको बताएका छन्।

पाँच वर्षका लागि आएको स्थायी सरकारबाट जनताले केही बढी अपेक्षा राखेकाले पहिलो बर्षमा नै केही अन्योलताले निराश हुने स्थिति आए जस्तो देखिए पनि नआत्तिन कार्यकर्ता तथा नागरिकलाई आग्रह गरे। अहिले केन्द्रमा पार्टी एकता भइसकेको र तल्लो तहमा पनि एकता छिट्टै हुने उनको भनाई थियो।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी