‘केही–केहीले किन रडाको गरेका हुन् ?’

114 Hits

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले निर्मला हत्या प्रकरणको अनुसन्धानका विषयमा आफुले दिएको अभिव्यक्तिलाई नबुझ्नेहरूको जमातको प्रतिक्रिया दुखदायी भएको बताएका छन् ।

कोस्टारिकाबाट अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले पत्रकार प्रेम बानियाँसँगको अन्तरवार्ताका क्रममा ‘आफुले कुनै कुनै अपराधका घटना १२ बर्षमा पनि पत्ता लागेका छन्, हामी अनुसन्धानमा कमजोर छैनौं’ भन्ने बोलेको बताउँदै थपे,‘निर्मला पन्तको हत्या अनुसन्धानमा राज्य गहन भएर लागेको छ । फेरि अतिरञ्जित बनाएर हल्ला गर्नेहरू, राजनीति गर्नेहरूको बुझाई कस्ततो हो ?’

समृद्ध नेपाल र सुखी नेपालीको सपनाका खातिर सक्रिय रहेको बताएका उनले नेकपाभित्र देखिएको विवादका विषयमा पनि टिप्पणी गरे । उनले सांकेतिक रूपमा नै नेता माधवकुमार नेपालको असन्तुष्टीप्रति कटाक्ष गर्दै भने,‘केही केही मान्छेले किन रडाको गरेका हुन् ? मलाई यो थाहा छैन ।’

तत्कालिन माओवादीसँग चुनावी गठबन्धन, एकीकरण घोषणा चमत्कारिक हिसाबले गरेको बताउँदै जोडे,‘एकीकरणका सबै तह बिना विवाद नै समायोजन हुन्छन् । यसमा रडाको गर्नुपर्ने काम छैन ।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी