नेपाल प्रहरीको शुद्धिकरण अभियान : फेरीए नागढुंगाको सम्पूर्ण युनिट

60 Hits

काठमाडौं, १७ असोज ।
नेपाल प्रहरीले आफ्नो आन्तरिक शुद्धिकरण अभियान लागु गरेको छ । गृहमन्त्री राम बहादुर थापाको निर्देशन र महानिरीक्षक सर्वेन्द्र खनालको प्रत्यक्ष आदेशमा प्रहरीमा व्यापक शुद्धिकरण अभियानको थालनी भएको हो ।

अभियानको कार्यान्वयन नागढुंगास्थित प्रहरी प्रभागबाट भएको छ । बुधबार महानगरीय प्रहरी प्रभाग, नागढुंगाको इञ्चार्जबाहेक सम्पूर्ण प्रहरी युनिट नै परिवर्तन गरिएको छ ।
नागढुंगा प्रहरी प्रभागमा रहेकाहरुबाट यातायात व्यवसायी र अन्यबाट कमिशन लिएको भन्ने आरोप र समाचारहरु आइरहने भएकाले सिंगै युनिट परिवर्तन गर्न आवश्यक भएको प्रहरीको बुझाई छ ।
एकैठाउँमा लामो समयदेखि बसिरहेका प्रहरी अधिकारीबाट गलत काम हुने गरेको आशंकामा प्रहरीले युनिट नै परिवर्तन गरेको हो ।

महानगरिय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक डिएसपी होमेन्द्र बोगटीका अनुसार मातहतका कार्यालयहरुमा लामो समयदेखि एकैठाउँ बसिरहेका प्रहरीहरुलाई परिवर्तन गर्ने क्रम थालिएको हो ।

अहिले नागढुंगामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, काठमाडौं प्रहरी परिसर, टेकु र विभिन्न वृत्तबाट कर्मचारीहरु पठाइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी