‘सरसफाइ तथा ढलको क्षेत्रमा गम्भीर हुनु पर्छ’- खानेपानी मन्त्री बिना मगर

93 Hits

काठमाडौं, १७ असाेज ।

काठमाडौं । खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी भई बुधबार स्वदेश फर्कनु भएको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खानेपानी मन्त्री मगरले सम्मेलनमा सहभागी सबै राष्ट्रहरुले सरसफाईको क्षेत्रमा साझा संकल्प बनाउनु पर्नेमा जोड दिएको जानकारी दिनुभयो ।
उहाँले सरसफाई क्षेत्र सबैका लागि साझा एजेण्डा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सबै राष्ट्रले सरसफाई तथा ढलको बारेमा चिन्ता र चासो देखाएका छन् ।

नेपालले सरसफाईको क्षेत्रमा अरुको भन्दा राम्रै उपलब्धि हासिल गरेको छ । ढलको व्यवस्थापन गर्नु अहिले सबै राष्ट्रका लागि चिन्ताको विषय बनेको देखियो । हामी पनि ढलको समुचित व्यवस्थापनमा जोड दिईरहेका छौं ।’ मन्त्री मगरले राज्यका सबै निकायले सरसफाई र ढलको क्षेत्रमा विशेष गम्भीर भएर सोच्नुपर्ने अवस्था आईसकेको बताउनुभयो ।
उक्त सम्मेलनमा भाग लिन उहाँ गत शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । महात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा नेपालको तर्फबाट उहाँले भाग लिनु भएको थियो ।

सम्मेलनमा खानेपानी मन्त्री सहित खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक सुनिलकुमार दास समेत सहभागी हुनु हुन्थ्यो । उक्त सम्मेलनमा ६० भन्दा बढी देशका खानेपानी तथा सरसफाई मन्त्रीहरु सहभागी भएका थिए ।

Loading...

Related News

मेलम्चीको ढिलाइमा समस्या कहाँ हाे ? खानेपानी मन्त्रीकाे यस्तो छ संकल्प

काठमाडौं, २० मंसिर । मेलम्चीको पानी काठमाडौंमा ल्याउने र काकाकूल काठमाडौंलाई तिर्खा मेटाउने कुरा हुन थालेको करिब ३० वर्ष भयो…

मन्त्री बिनाले भनिन् -‘महिलालाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव’

कंचनपुर, १५ मंसिर । खानेपानी मन्त्री बिना मगरले महिलाहरूलाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव भएको धारणा व्यक्त गरेकी छिन् ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी