बालाजुबाट ५ किलो सुनसहित एकजना पक्राउ

77 Hits

काठमाडौं, १७ असाेज । काठमाडौंको बालाजुबाट फेरि पाँच किलो सुन बरामद भएको छ । सुनसहित एक व्यक्ति पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सोमबार बेलुकी पाँच किलो सुन बरामद भएको परिसरका डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।

सुनसहित रसुवाका १८ वर्षीय सोबहादुर तामाङ  पक्राउ परेका हुन् । उक्त सुन रसुवागढी नाकाबाट भित्राइएको प्रहरीले जनाएको छ ।पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको र सुन धनी अर्कै व्यक्ति रहेको अनुमानमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले अहिले ११ बजे पत्रकार सम्मेलन आयोजना गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।यसअघि ९ असोजमा रसुवाढी नाकाबाटै अवैधरुपमा भित्राइएको तीन किलो सुनसहित टोखाबाट दुई जना पक्राउ परेका थिए ।सोमबार पनि त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक विडेश भुनियालाई २ सय ७ ग्राम अवैध सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी