पशुपतिनाथको दर्शन अब ढुक्क, ‘लकर’ व्यवस्था

63 Hits

काठमाडौँ । पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रुपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् ।

पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसँगको सहकार्यमा  ‘लकर’ सेवा शुरु गरेको हो ।

यो सेवाको शुरुवात् भएसँगै अब दर्शनार्थीले मन्दिरभित्र प्रवेश गर्दा गरगहना, मोबाइल, नगदलगायत बहुमूल्य सामग्री हराउने डरबाटमुक्ति पाउनेछन् । यो सेवा उपयोग गरेबापत् भक्तजनले कुनै पनि शुल्क तिर्नु नपर्ने कोषले जनाएको छ । यो सेवा शुरु भएसँगै भक्तजनले अब मोबाइल, झोला, क्यामेरा जस्ता मन्दिर क्षेत्रभित्र निषेध गरिएका सामान लिएर जान पाउने छैनन् ।

सेवा शुरु गर्न बैंकले ५१० लकर उपलब्ध गराएको छ । बैंकका अध्यक्ष रोशन केसीले कोषका सदस्य सचिव डा प्रदीप ढकाललाई लकरको साँचो हस्तान्तरण गर्नुभयो । लकर सेवा भुवनेश्वरी मन्दिर अघिको बरुणधारामा राखिएको छ । जुत्ता चप्पल राख्ने स्थल पनि यहीँ बनाइने कोषले जनाएको छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी