बानेश्वरको संगम स्वीट्समा शिलबन्दी, विक्रि वितरणमा समेत रोक

46 Hits

काठमाडौं,१६ असोज । अखाद्य वस्तु विक्रि वितरण गरेको भन्दै सरकारले काठमाडौंको बानेश्वरमा रहेको संगम स्वीट्समा शिल गरेको छ ।  पसलले विक्रि गर्दै आएको मिठाइमा अखाद्य वस्तु भेटिएपछि गोदाममा बानेश्वरको मीलनचोकमा रहेको पसलको उत्पादन कक्षमा शिल गरिएको हो ।

बानेश्वर चोकमा रहेको पसलको विक्रि वितरणमा समेत रोक लगाइएको छ ।  खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपभोक्ता अधिकारकर्मीको संयुक्त टोलीले बानेश्वर क्षेत्रका पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा संगम स्वीट्सले प्रतिबन्धित केमिकल हाइड्रोसिल समेत मिठाइमा प्रयोग गरेको पाइएको विभागले जनाएको छ ।  कपडामा प्रयोग गरिने हाइड्रो ए वान केमीकल समेत मिठाइ बनाउन प्रयोग गरेको भेटिएको छ ।

यस्तै उत्पादन भएको मितिले ४ महिना प्रयोग गर्न मिल्ने कोकोनट पाउडर ६-७ वर्षदेखि प्रयोग गरिरहेको पाइएको बरिष्ठ खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए ।

पसलका गोदाममा भेटिएको मैदामा समेत उत्पादन मिति नभेटिएको उनले बताए ।  ‘गोदाममा शील गरी पसलको विक्रि वितरणमा रोक लगाएको छौं, ३ दिनभित्र विभागमा उपस्थित हुन भनेका छौं , कसुर अनुसारको कारवाही गर्छौं’, उनले भने ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी