‘गाडी भाडा बढी तिर्नुपरे विभागलार्इ जानकारी गराउनुस्’

74 Hits

काठमाडौं – सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोन मार्फत् सवारी साधनको नम्बर सहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ। सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनले लागू गराउन अानाकानी गर्दै यात्रुबाट बढी भाडा लिने गरेकाे गुनासाे अाएपछि विभागले यस्ताे आह्वान गरेकाे हाे। विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो।

पाँच किमिसम्म रु १६, छ किमिसम्म रु १७, आठ किमिसम्म रु १८, नाैं किमिसम्म रु २६ र ९ किमिभन्दामाथि रु २७ भाडा निर्धारण गरिएको छ। विभागले उपत्यका र स्थानीय ‘रुट’ मा यो भाडादर निर्धारण गरी लागू गरेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। तोकिएको भाडादर भन्दा बढी भाडा लिनेलाई अनुगमन गरी कारवाही गरिने उनले बताए।

परिचालकले टिकट नदिए पनि सवारी नं सहित विभागको फ्याक्स नं ४४७४९२२, फोन नं ४४७९६९० र info@dotm.gov.np उजुरी गर्न सकिनेछ। यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नं ११११ फोन सम्पर्क र सन्देश पठाएर पनि उजुरी गर्न सकिनेछ।
यसैगरी ७७ वटै जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा समेत उजुरी गर्न सकिने विभागले जनाएको छ। प्रहरीको टोल फ्रि नं १०१ र १०३ मा पनि बढी भाडा लिएको, दशैँमा अग्रिम टिकट बुकिङमा कालोबजारी गरेकाे गुनासाहरु मौखिक वा लिखित रुपमा गर्न सकिने जनाइएको छ। यसैगरी नजिकको यातायात व्यवस्था कार्यालयमा समेत यससम्बन्धी उजुरी गर्न सकिनेछ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी