सरकारी छाप कीर्ते गर्ने लेखापढी व्यवसायी पक्राउ

80 Hits

राजविराज-सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गर्ने एक जना लेखापढी व्यवसायीलाई प्रहरीले  पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा सप्तरी कञ्चनरुप नगरपालिका–११, गोरपारका ३१ वर्षीय मोहम्मद सल्लम शेखलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।

मालपोत कार्यालयको छाप घरमै राखी विभिन्न किसिमका सरकारी कागजपत्र कीर्ते गर्दै गरेको अवस्थामा उनलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रिमालका अनुसार घर खानतलासी गर्ने क्रममा विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र, नागरिकताका प्रतिलिपि, सक्कल जन्मदर्ता प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपत्र, जग्गा रजिस्ट्रेसन लिखत कागज, मतदाता नामावली र फोटो सहितको परिचयपत्र, नागरिकताको अनुसूची फारम, विवाहदर्ताको प्रमाणपत्र, मृत्युदर्ताको प्रमाणपत्र, बसाइँसराइ दर्ताको प्रमाणपत्रलगायत प्याडहरु बरामद गरिएको छ ।यता पक्राउ परेका शेखलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक रिमालले भन्नुभयो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी