देशको नाम फेर्ने पक्षमा ९० प्रतिशत जनमत

164 Hits

म्यासेडोनिया :

म्यासेडोनियाको नाम ‘नर्थ म्यासेडोनिया’भनेर परिवर्तन गर्न भनी भएको जनमत संग्रहमा ९० प्रतिशतले म्यासेडोनियाको नाम परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा मत खसालेका छन् ।

५० प्रतिशत मत खस्नुपर्ने भए पनि एक तिहाइ भन्दा थोरै बढी जनसंख्याले मात्रै मतदानमा भाग लिएका हुन् । जनमत संग्रहमा  आवश्यक भन्दा निकै कममात्रै मत खसेको छ ।  राष्ट्रपतिसहितका केही राष्ट्रवादीहरूले जनमतसंग्रह बहिष्कार गर्न गरेको आह्वानको असर मतदानमा परेको देखिएको छ ।

मतदानमा भाग लिएका ३६ प्रतिशत योग्य मतदातामध्ये चाहिँ ९० प्रतिशतले म्यासेडोनियाको नाम परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा मत खसालेका छन् । म्यासेडोनियाका प्रधानमन्त्री जोरन जाएबले बहुमतको इच्छाको कदर गर्न संसदलाई अपिल गरेका छन् ।

प्रस्तावलाई संसदले समर्थन नगरे चाँडै चुनावको आह्वान गर्ने चेतावनीप्रधानमन्त्री जोरनले दिएका छन् । सन् १९९१ मा युगोस्लाभियाबाट छुट्टिएपछि म्यासेडोनिया स्वतन्त्र घोषित भएको थियो । ग्रीसले म्यासेडोनिया नामलाई लिएर सधैँ आपत्ती जनाउँदै आएको छ ।

Loading...

Related News

ट्रम्पद्वारा ४ महिला सांसदमाथि ट्वीट आक्रमण : महाअभियोगको माग बढ्दै

काठमाडौं, ३१ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रंगभेदी ट्वीट गरेको भन्दै चौतर्फा आलोचना बढ्दै गएको छ । ट्रम्पको रंगभेदी…

मृगौला राेगीलाई घरमै डायलसिस : २०३० सम्ममा २५ प्रतिशतले कमी अाउँछ- ट्रम्प

न्युयोर्क, २७ असार – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का