दशैंमा प्रहरीको विशेष सुरक्षा अभियान, ढुक्क हुन राजधानीबासीलाई आग्रह

159 Hits

काठमाडौं, १५ असोज ।
दशैं तिहार जस्ता मुख्य चाड पर्वहरुमा राजधानीमा थुप्रै चोरी डकैति लगायतका घटनाहरु घट्ने गरेको तथ्यांक विगतको छ । यस पटक पनी दशैं नजीकिंदै गर्दा राजधानीवासीहरु सुरक्षाको विषयमा चिन्तीत भइरहँदा प्रहरीले भने राजधानीवासीको सरक्षाको लागि विशेष अभियान घोषणा गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौले आइतबार पत्रकार सम्मेलन गर्दै दसैं, तिहार जस्ता चाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको जानकारी गराएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमूख बसन्त कुमार लामाले राजधानीवासीको सुरक्षाको जिम्मा नेपाल प्रहरीको भएकाले ढुक्क हुन आग्रह समेत गरेका छन् ।

चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जनजीवन सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको परिसरका प्रमुख लामाले बताए।

विशेष सुरक्षा योजना अन्तरगत परिसरले काठमाडौंको विभिन्न १४ स्थानमा सादा पोशाकसहितका प्रहरी टोली परिचालन गर्नेछ । त्यसैगरी चाठबाडमा बढी भीड हुने स्थानहरु बस टिकट काउन्टर, बैंक तथा वित्तिय संस्था, ठूल्ठूला सपिङ मलहरुमा विशेष निगरानीका साथ प्रहरीहरु परिचालन गरिएको छ ।

त्यसैगरी जनताको जीउधनको सुरक्षाका लागि काठमाडौंको विभिन्न स्थानमा ६० वटा गस्ती टोली पनि परिसरले परिचालन गरेको छ । गस्ती टोलीले दसैंमा उपत्यका बाहिर जाने यात्रुहरुलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन ट्राफिक प्रहरीसँग आवश्यक सहकार्य पनि गर्नेछ ।

परिसरले दसैं, तिहार लक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउन तीन हजार पाँच सय ३५ जनशक्ति परिचालन गरेको छ । टिकट काउन्टर र काठमाडौंका मुख्यमुख्य नाकाहरुमा परिसरले पनि व्यापक मात्रामा सुरक्षा टोली परिचालन गरेको छ । प्रमुख लामाले व्यक्तिको सम्पत्तिको सुरक्षा, बंैक, वित्तिय संस्थाहरुमा हुने लुटपाट नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।
प्रहरीको विशेष सुरक्षा योजनाप्रति राजधानीवासीले सकारात्मक प्रतिक्रिया दिएका छन् । काठमाडौं कलंकीका एक स्थानियले मूलखबरसँग भने प्रहरीको यो घोष्णाले हामीमा एक प्रकारको विश्वास पैदा भएको छ ।

Loading...

Related News

लाग्याे ईन्जिनियरलाई चुनाव, यस्ताे छ प्रगतिशील प्यानलकाे प्रतिवद्ता

काठमाडौं, २१ मंसिर – इन्जिनियरिङ पेशा अत्यन्तै व्यस्त पेशा हाे । पेशागत व्यस्तताबीच नेपालका इन्जिनियरहरू अहिले चुनावमा हाेमीएका छन् ।…

मन्त्रीपरिषद्का निर्णय : प्रतिभा पुरस्कारदेखि भिआइपी निवास र राजकीय पाहुना गृह बनाउनेसम्म

काठमाडौँ, २० मङ्सिर मन्त्रीपरिषदको बैठकले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्नेदेखि लिएर सांसद आवास गृह बनाउने सम्मका निर्णय गरेको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी