अाजबाट खुल्यो मनाङ जाने बाटाे, १९ दिन अवरूद्व

67 Hits

बेसीशहर, १४ असाेज  ।

१९ दिनदेखि अवरुद्ध बेशीशहर चामे सडक अाजबाट खुलेकाे छ । गत भदाै २७ गते भीषण बर्षापछि अाएकाे बाढी पहिराेले सडक क्षतिग्रस्त भइ यातायात बन्द भएकाे थियाे ।

निरन्तरको मर्मत प्रयासपछि सडक खुलेकाे हाे । बाढी पहिराे पछि थुप्रै सवारी साधनहरू सडकमा अलपत्र परेकामा सडक खुलेसंगै १९ दिनदेखि अलपत्र सवारी साधनहरू गन्तब्यतर्फ लागेका छन् ।
गत भाद्र २७ र २९ गते आएको भिषण वर्षाका कारण बाढी पहिरोले सडक नराम्ररी क्षति पु¥याएको थियो । बर्षा पछि खहरे खोलाहरुमा आएको बाढी र पहिरोले सडक बगाए पछि बेसीशहर चामे सडकका एकदर्जन बढी ठाउँमा क्षति पुगेको थियाे ।
बाढी र पहिराेका कारणा गरगरेभीर, अर्खलेबेशी, अर्खलेभीर, रामबजार, काप्रेभीर, घाेप्टेभीर लगायतका थुप्रै स्थानमा सडक क्षतविक्षत भएकाे थियाे । अन्य स्थानमा सामान्य पहिराे हटाएर सडक खुलाइए पनि बढी क्षति भएका ती स्थानमा ठूला मेशिन उपकरणहरु प्रयोग गरी बाटो खुलाइएकाे हाे ।

सडक अबराेध खुलाउने प्रयास गरिदै । तस्वीर नरबहादुर गुरूङ ।

धेरै ठाउँकाे सडकमा ठूला ठूला चट्टान खसेका र सामान्य उपकरणले चट्टान हटाउन नसकिए पछि विष्फोटक पदार्थ प्रयोग गरी विष्फोटन गराइ सडक खुलाइएकाे हाे । नेपाली सेना, नेपाल प्रहरीका सुरक्षाकर्मी, डिभिजन सडक कार्यालय दमाैलीका कर्मचारी र स्थानीय बासीन्दासमेत सडक खुलाउन लागि परेका थिए । सडक मर्मतका लागि निर्माणाधीन माथिल्लो मस्र्याङदी जलविद्युत आयोजना १ को ठेकेदार कम्पनी सिनो हाइड्रोका प्राविधिक कर्मचारीसहितको टोली पनि खटिएको थियाे ।

तस्वीर सुमन गुरूङ

कतिपय ठाउँमा सामान्य मर्मत गरी सडक सञ्चालनमा ल्याइए पनि कतिपय ठाउँमा सडक भत्केर नयाँ बनाइएकाे छ । सडकको भाग वास आउट भइ पूर्ण रुपमा क्षति भएपछि ती क्षेत्रका पहराहरुमा विष्फोट गराएर पहरो फोड्नु परेकोे लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । – लमजुङमनाङ डट कम

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी