निर्मला हत्याकाण्ड : आरोपीत तीनै जनाको डिएनए मिलेन, के होला अब ?

153 Hits

काठमाडौं, १४ असोज ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा दोषीको रुपमा चित्रीत गरिएका एसपीसहित तीनै जनाको डिएनए परिक्षणमा प्राप्त रिपोर्ट नमिलेको पाइएको छ ।
उक्त हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका निलम्बित कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा भनिएका काँग्रेस महासमिति सदस्य एव अधिवक्ता भुपेन्द्र विष्टका छोरा आयुश विष्टको डिएनए परिक्षण गरिएको थियो । उनीहरुको डिएनए रिपोर्ट नमिलेको बताइएपछि अब के होला भन्ने संसय छाएको छ ।

झण्डै दुई साता अघि प्रहरी प्रधान कार्यालयले उनीहरु तीनै जनाको डिएनए परीक्षणका लागि रगत लिएको थियो । केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको सिलबन्दी रिपोर्टलाई आइतबार कञ्चनपुर प्रहरीले खोलेको छ ।

मृतक निर्मला पन्तको योनीमा भेटिएको भेजिनल स्वाबसँग तीनै जनाको डिएनए नमिलेको रिपोर्ट आएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले अनुसन्धान अधिकृत कृष्णराज ओझासहित जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खेमराज भट्टसहितको उपस्थितिमा रिपोर्ट खोलिएको बताए । ‘हामीले तीनै जनाको डिएनए रिपोर्ट हेर्यौँ ‘उनले भने, ‘कसैको पनि मिलेन् ।’

आन्दोलनको समयमा तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख विष्ट, उनका छोरा किरण र अर्का युवक आयुसको डिएनए परीक्षणको माग बमोजिम प्रहरी प्रधान कार्यालयले घटनाको थप अनुसन्धानका लागि डिएनए परीक्षण गरेको थियो । सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले रिपोर्ट नेगेटिभ आएको बताए ।

उनका अनुसार तीनै जनाको डिएनए रिपोर्ट मिलेको छैन् । उनले भने, निर्मलाको डिएनए प्रोफाईल बनेको छ । जसले बलात्कार गरेको हो, त्यसको डिएनए म्याच हुनेछ ।

Loading...

Related News

निजि स्कुलको नाम नेपालीमा लेख्न कामनपाकाे निर्देशन, नगरे कार्वाही !

काठमाडौं , २० फागुन – काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने…

जमिन फिर्ताको माग गर्दै ग्रेटर नेपालले बुझायो वेलायती रक्षा राज्यमन्त्रीलाई ३ बुँदे ज्ञापन पत्र (पूर्ण पाठ)

काठमाडौं , फागुन – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाल भ्रमणमा अाएका बेलायती रक्षा राज्य मन्त्रीलाई ३ बुँदे ज्ञापनपत्र बुझाएको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी