वर्ल्डलिंक ग्राहकलार्इ विदेश घुमाउने नयाँ योजना

142 Hits

काठमाडौं, १४ असोज-

इन्टरनेट  कम्पनी वर्ल्डलिंक कम्युनिकेसले  आफ्ना ग्राहकलार्इ विदेश घुमाउने नयाँ योजना ल्याएको  छ।  दसैं-तिहारलगायत पर्वलाई लक्षित  गरेर २३ जना ग्राहकलार्इ विदेश घुमाउने योजना ल्याएको कम्पनीले जनाएको छ।

वर्ल्डलिंक कम्युनिकेसले २३ औं वर्ष पूरा गरी २४ वर्षमा लागेको अवसरमा  विजेतालाई उपहार स्वरुप भ्रमणको अवसर प्रदान गर्न लागेको विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

इन्टरनेट खरिद वा नविकरण गर्दा समेत  छुट दिने योजना वर्ल्डलिंकले ल्याएको छ । नयाँ इन्टरनेट जोड्दा र नविकरण गर्दा ग्राहकले एक वर्षको शुल्क भुक्तानी गरे ४० प्रतिशत छुट पाउने छन्।

यसरी इन्टरनेट जोड्दा ग्राहकले छुटसँगै निःशुल्क ‘सेट अप बक्स’सहित १२ महिना नेटटिभी (आइपी टिभी) प्राप्त गर्ने  विज्ञप्तिमा उल्लेख छ। कम्पनीका देशभर दुई लाख ४० हजार भन्दा बढी ग्राहक छन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी