डा केसी भागे : शिक्षा मन्त्रालय

55 Hits

मूलखबर संवाददाता
काठमाडौं, १३ असोज ।
लगातार अनसन बसेर चर्चित वरिष्ठ चिकित्सक डा. गोविन्द केसी सरकारसँग सम्पर्कमै नआई पुन अनसनको धम्की दिइरहेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न डा। गोविन्द केसी सम्पर्कमै नआएको बताएको छ ।

डा केसीले सरकारसँग विगतमा भएा सहमति कार्यान्वयनको लागि छलफल गर्न तयार नभई एक्कासी शिक्षा मन्त्रीको राजीनामा माग गरेको भन्दै शिक्षा मन्त्रालयले आपत्ति जनाएको छ ।
आफूसँग भएको सहमतिअनुसार विधेयक अगाडि बढाउन अवरोध गरेको भन्दै डा। केसीले शुक्रबार मात्र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा मागेका थिए । तर, मन्त्रालयले भने डा। केसीसँग भएको सहमतिअनुसार विधेयक अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएको छ ।

शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘११ गते बेलुकी डा। केसीलाई सम्पर्क गर्न प्रयास गरेँ । तर, टेलिफोनमा सम्पर्क हुन सकेन ।’

आफूले ओमप्रकाश अर्याल र अभिशेक सिंहलाई फोन गरेर मन्त्रीले डा। केसीलाई भेट्न खोजेको जानकारी गराएको तर, दुबैले असमर्थता जनाएको लम्सालले बताए ।
डा। केसीलाई सम्पर्क गर्ने प्रयास भने सफल नभएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले डा केसीको माग पुरा गर्न तयार रहेको भन्दै विधयेक फिर्ता लिएर सहमतिको प्रयास गरेको थियो । शिक्षा मनत्री गिरीराजमणी पोखरेलले डा केसीसँगको सहमति अनुसार नै गृहकार्य गरेर अगाडि वढिरहेको बताएका छन् ।

हेर्नुहोस सरकारको विज्ञप्ती

Loading...

Related News

त्रिविका उपकूलपति, रेक्टर र रजिस्ट्रारलाई २ महिनाभित्र बर्खास्त गरिने !

काठमाडौं, ११ साउन । त्रिभुवन विश्वविद्यालयका उपकूलपतिसहितका पदाधिकारीलाई २ महिनाभित्र बर्खास्त गरिने भएको छ । चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न…

यसरी भयाे सहमति, ताेडियाे डा केसीकाे अनसन (सहमतिपत्र सहित)

काठमाडौं-  लामो समयदेखि चिकित्सा शिक्षा सुधारको लागि भन्दै  आमरण अनशनमा बसेका डा गोबिन्द केसीले बिहिवार राती झन्डै १०:३० बजे अनशन…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी