अझै पनि खुलेन बाढिले विगारेको मनाङ जाने बाटो

61 Hits

बेंसीशहर ।
हिमालपारीको जिल्ला मनाङ जोड्ने सडक आधा महीना बितिसक्दा सञ्चालनमा आउन सकेको छैन ।

गत भदौ २७ गते हरितालिका तीजको दिन मस्र्याङ्दी गाउँपालिकामा परेको वर्षाका कारण उक्त सडकखण्ड अवरुद्ध भएको थियो । लमजुङ खण्डका विभिन्न स्थानमा चट्टानसहितको पहिरो खसेपछि १८ दिनयता सडक अवरुद्ध भएको छ ।

लमजुङ खण्डको २५ किलोमिटर सडक अवरुद्ध भएकामा हाल बेंसीशहरदेखि मनाङतर्फ मस्र्याङ्दी गाउँपालिका–३, अर्खलेबेंशीसम्म र मनाङबाट लमजुङतर्फ मस्र्याङ्दी गाउँपालिका–४ रामबजारसम्मको बाटोमा यातायात सञ्चालन भएको छ ।

सडकखण्ड अवरुद्ध हुँदा मनाङ साथै उत्तरी भेगका घेर्मु, ताघ्रीङलगायतका स्थानीय बासिन्दाले समस्या भोग्नुपरेको छ । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सडक नखुल्दा घेर्मु, ताघ्रीङ साथै मनाङतर्फ खाद्यान्नलगायत ढुवानी ठप्प भएको बताए ।

मस्र्याङ्दी गाउँपालिका–४ का वडा अध्यक्ष सुमन गुरुङले चाडपर्व नजिकै आउँदा बाटो अवरुद्ध हुँदा स्थानीय बासिन्दाले सास्ती बेहोर्नुपरेको बताए । ‘चाडपर्वका बेला सामान बोकेर ल्याउनुपरेको छ । पुरानो बाटो घुमाउरो छ, गाउँमा सडक आएपछि पुरानो बाटोबाट कोही हिँड्दैनन्’, उनले भने ।

अवरुद्ध सडक खोल्न विष्फोटक पदार्थ आवश्यक पर्ने भएकाले जेनेरेटरसहित कम्प्रेसर मेशिन व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले बताए ।

‘बाटो खुलाउन हामी अहोरात्र खटिएका छौँ’, उनले भने, ‘हामी छिट्टै अवरुद्ध सडक खुलाउछौँ ।’ सडक डिभिजन कार्यालय दमौलीको सहयोगमा खरखरे, खुदी र भुलभुलेतर्फका पहिरो हटाइ सकिएको छ ।

माथिल्लो क्षेत्रमा बुटवल पावर कम्पनीद्वारा प्रवद्र्धित विद्युत् आयोजनाको मेशिन प्रयोग गरी रामबजारबाट घोप्टेभिर अर्खलेतर्फको अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिए ।

चट्टान विष्फोटन गराउनका लागि नेपाली सेना, नेपाल प्रहरी, डिभिजन सडक कार्यालयका कर्मचारी र विद्युत् आयोजनाका कर्मचारी खटिएका छन् । बाढी पहिरोपछि बेंशीशहर–चामे सडकखण्डमा चल्ने मालवाहक ट्रक, जीप र ट्र्याक्टर बीच बाटोमै रोकिएका छन् ।

बेंशीशहरतर्फको अर्खलेभिर र मनाङतर्फको घोप्टेभिरका बीचमा पर्ने काभ्रेभिरमा सवारी साधन रोकिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए ।-  रासस

Loading...

Related News

दोर्दी गा.पा.द्धारा अगुवा किसानलाई ७५ प्रतिशत अनुदानमा टनेल वितरण

रविन्द्र लामिछाने, २१ मंसिर लमजुङको दोर्दी गाउँपालिकाले गाउँपालिका भित्रका अगुवा किसानलाई ७५ प्रतिशत अनुदानमा टनेल प्लाष्टिक वितरण गरेको छ ।…

अनेक प्रतिकूलता र घेरावन्दीका बाबजुद सरकारले सक्नेजति गरेकै छ : गुरुङ

काठमाडौं, २० असोज । सत्तारुढ नेकपाका संसदिय दलका प्रमूख सचेतक एवं स्थायी समिति सदस्य देव प्रसाद गुरुङले सरकारले सक्नेजति राम्रो…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी