डिएसपी मल्लले राेके मल्ल हाेटलकाे डिजे पार्टी

72 Hits

काठमाडौं ।

भड्किलो र अराजक प्रस्तुति रहने डिजे पार्टीलाई प्रहरिले राेक लगाइदिएकाे छ । राजधानीकाे ठमेलस्थित मल्ल हाेटलमा शनिबार  हुन लागेकाे डिजे पार्टी दरबारमार्गस्थित प्रहरी प्रभागले राेकेकाे हाे ।

प्रहरीले द मल्ल होटलमा आयोजित डिजे डान्स पार्टी बन्द गरेको छ । ‘दि नेपाल डिस्टीलरी’बाट उत्पादन हुने खुकुरी रमले स्पोन्सर गरेको डिजे डान्स पार्टी अनुमति बिना सञ्चालन गरेको भन्दै महानगरीय प्रहरी वृत, दरबारमार्गले बन्द गरेको हो ।

‘शनिबार साँझतिर कार्यक्रम सञ्चालन हुनै लाग्दा दरबारमार्गबाट खटिएको एक प्रहरी टोली मल्ल होटल पुगेको थियो,’ वृतका प्रमुख डिएसपी दाबहादुर मल्लले भने, ‘त्यहाँ गएर बुझ्दा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर, काठमाडौंबाट कतैबाट पनि अनुमति लिएको देखिएन्, त्यसैले बन्द गरेका हौं ।’

केही समयअघि दरबारमार्ग स्थित ‘क्लब डेजाभु’ मा तोडफोड समेत भएको थियो । सो घटनालाई मध्यनजर गर्दै कुनै पनि पार्टी गर्नुअघि सम्बन्धित ठाउँबाट अनुमति लिएर सञ्चालन गर्नुपर्ने डिएसपी मल्ल बताउँछन् ।

कुनै पनि डिजे डान्स पार्टी सञ्चालन गर्नुअघि सिडिओ कार्यालय र काठमाडौं परिसरबाट अनुमति लिनुपर्ने हुन्छ ।

विश्वबिख्यात डिजेको सुचीमा अगाडि आईरहेका मार्समेलोको  ‘क्लब डेजाभु’ मा ७ बजेदेखी हुने भनिएको लाईभ प्रस्तुतीमा उनी उपस्थिती नभएपछि उपस्थित दर्शकले तोडफोड गरेका थिए ।

डिएसपी मल्लले राजधानी लाई सभ्य र सुन्दर बनाउन अाफू जुनसुकै कदम चाल्न पनि पछि नपर्ने बताउँछन् ।

Loading...

Related News

डिएसपी मल्लले फेरे दरबारमार्ग क्षेत्रको पहिचान

काठमाडौं, २४ असोज । एक समय थियो दरबारमार्ग क्षेत्र भनेको सबैभन्दा वढि घुसखोरी र वेश्यावृत्तिको अखडा हो । दरबारमार्गमा जाने…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी