कुमार रानाकाे ज्यान बचाउन पनि दिपेशले दिए साथ

79 Hits

काठमाडौं ।

विगत ६ वर्षदेखि वैदेशिक रोजगारमा गएका कुमार राना मगरकाे ज्यान बचाउन पनि उपराष्ट्रपति पुत्र दिपेश पुनले सहयाेग गरेका छन् ।

गत असोज १० गतेदेखि साउदीको जेलमा जीवन बिताईरहेका रानाकाे रिहाइको लागि ब्लड मनि अपुग भईरहेकाे बेला दिपेश पुनकाे नेतृत्वमा सञ्चालित दिल बहादुर घर्ती बचाउ अभियानमा बाँकि रहेकाे ७ लाख रकम दिने भएपछि रानाकाे  छन् बच्ने भएकाे हाे ।

साउदीमा  जेलजीवन बिताइरहेका गोरखा भिमसेन गाउपालीका–७ बोर्लाङका रानाको जीवन रक्षाका लागि ‘ब्लडमनी डोनेसन’ अभियान सञ्चालन गरिएको थियो ।

रानामगरसँगै रोल्पा धवाङका दिलबहादुर घर्तीमगर पनि केही समयअघि साउदीको जेलमा थिए । घर्तिमगर र कुमार रानामगरलाई उद्दार गर्नका लागि सँगसँगै अभियान सञ्चालन भएको थियो । ‘घर्तीमगर बचाउ अभियान’का संयोजक दिपेश पुन थिए भने ‘रानामगर बचाउ अभियान’का संयोजक कृष्ण ढकाल थिए ।

दिलबहादुर घर्तीमगर ब्लड मनि तिरेर नेपाल आईसकेका छन् भने कुमार राना मगरको अझै ब्लड मनि नपुगेको हुनाले दिलबहादुर घर्तीमगर बचाउ अभियानको बचत रकम कुमार रानामगरका लागि  हस्तान्तरण गरिएको छ ।

अपुग रकम रु. ७ लाख शुक्रबार  नेपाल मगर संघ केन्द्रीय कार्यलय कंलकीमा संघका अध्यक्ष नबिन रोकामगरको उपस्थितिमा ‘कुमार राना बचाऔं’ अभियानका संयोजक कृष्ण प्रसाद ढकाल र कुमार रानाका श्रीमती आम्बिका रानालाई हस्तान्तरण गरिएको हो ।

‘कुमार रानामगर ब्लडमनी संकलन अभियान’का संयोजक ढकालले दिलबहादुर घर्तीमगर ब्लडमनी संकलन अभियानलाई अपुग रकम सहयोग गरिदिन भन्दै २०७५ असोज ११ गते एक पत्रमार्फत आग्रह गरेको ‘दिलबहादुर बचाउ अभियान’का संयोजक दिपेश पुनले बताए ।

सोही पत्रमार्फत ‘दिलबहादुर घर्ती बचाउ अभियान’को बचत रहेको ७ लाख रुपैयाँ कुमार रानामगरलाई उद्धार गर्नको लागि सहयोग गरिएको विद्यार्थी नेता समेत रहेका पुनले बताए ।

कुमार रानामगरको उद्दारको लागि ७७ लाख रुपैयाँमध्ये ७० लाख जम्मा भइसकेकाे थियो । बाँकी अपुग ७ लाख रकम पुनले कुमारको धर्मपत्नी र कुमार बचाऊ अभियानका संयोजक ढकाललाई काठमाडौँ बोलाएर एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।

ब्लडमनि सफलतापूर्वक संकलन भएको र अब छिट्टै नै कुमार रानमगर साउदीको जेलबाट रिहा हुने संयोजक ढकालले बताए ।

नेपाली युवाहरू विभिन्न अभियाेगमा खाडी मुलुकका जेलमा ब्लड मनि तिर्न नसकेर मर्न बाध्य हुने स्थितिकाे अन्त्यकाे लागि सरकारबाटै गम्भीर र ठाेस पहल हुनु अाबश्यक छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी