लैङ्गिक हिंसाका घटनामा वृद्धि

62 Hits

काठमाडौँ- पछिल्लो पाँच महीनामा जबर्जस्ती करणी, करणी उद्योग, बहुविवाह, बालविवाह, घरेलुहिंसा र अवैध गर्भपतनजस्ता लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको छ । विसं २०७५ वैशाखदेखि भदौ महीनासम्म जबजस्ती करणी ७१०, जबर्जस्ती करणी उद्योग ३९१, बहुविवाह ३४०, बालविवाह ४०, घरेलुहिंसा पाँच हजार ४१७ र अवैध गर्भपतन १० वटा घटना प्रहरीकहाँ दर्ता भएका थिए ।

प्रतिनिधिसभा, महिला र सामाजिक समितिको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सो जानकारी दिँदै लैङ्गिक हिंसाका घटनामा वृद्धि हुनु चिन्ताको विषय रहेको बताउनुभयो । उहाँले लैङ्गिक हिंसा अन्त्य गर्न प्रतिनिधिसभाले पारित गरेका सङ्कल्प प्रस्तावलाई कार्यान्वयनमा उतार्न मन्त्रालयले ध्यान दिएको चर्चा गर्दै यसका विरुद्ध अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सातवटै प्रदेशका सबै स्थानीय तहमा पुग्ने गरी यही असोज २० गते कञ्चनपुरबाट अभियानको शुभारम्भ गरिनेछ । अभियानमा लैङ्गिक हिंसाविरुद्धका सचेतनाका कार्यक्रम सञ्चालन गरिने छ ।

बैठकमा सांसद नारायण खतिवडाले लैङ्गिक हिंसाविरुद्ध सामाजिक अभियान सञ्चालन गर्न आवश्यक रहेको चर्चा गर्दै हिंसा गर्नेमाथि कडा कारवाही गरिनुपर्छ भन्नुभयो । सांसद गणेश ठकुन्नाले केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहबाट समन्वय गरी लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम सञ्चालन गर्दा बढी प्रभावकारी हुने सुझाव दिनुभयो । सांसद कृष्ण राईले सामाजिक परिवर्तन र सांस्कृतिक रुपान्तरण गर्न लैङ्गिक हिंसाविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद गङ्गा चौधरीले आफूभन्दा ठूलालाई आदर र सानालाई माया गर्ने नैतिक शिक्षामा कमी हुन जाँदा लैङ्गिक हिंसाका घटनामा वृद्धि भएकोतर्फ ध्यान दिन आग्रह गर्नुभयो । समितिका सभापति निरु पालले लैङ्गिक हिंसाविरुद्ध कार्ययोजना बनाई काम गर्नुपर्छ भन्नुभयो ।रासस

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी