अबको दुई महिनामा मेलम्चीको पानी काठमाडौंमा आउने पक्का

151 Hits

d]nDrL vf]nfsf] kfgL d]nDrL vf]nfaf6 alu/x]sf] s~rg kfgL . tl:a/ M k"0f{k|;fb ld>, /f;;

काठमाडौं, १२ असोज ।
अबको दुई महिनामा मेलम्चीको खानेपानी काठमाडौं आउने पक्का भएको छ । मेलम्ची खानेपानी आयोजना प्रमुख सुर्यराज कँडेलले दुई महिनामा मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताएका हुन् ।

राष्ट्रियसभाको सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै आयोजना प्रमुख कँडेलले टनेल ६ भागमाा बाँडेर फिनिसिङ गर्ने काम भईरहेको जानकारी दिए ।

अब आयोजनामा करिव १० किलोमिटर सुरुङमा फिनिसिङको गर्न बाँकी रहेको उनले बताए । दैनिक २ सय देखि २ सय ५० मिटरसम्म फिनिसिङको काम भईरहेको छ । आयोजनाको लागि आवश्यक सामग्रीहरु अबको तीन साताभित्र आइपुग्ने र भनेअनुसार कम भए टनेलको काम करिव डेढ महिनामा सकिने उनले बताए ।

खानेपानी मनत्री विना मगरको प्रत्यक्ष निगरानी र कडा निर्देशनमा मेलम्चीको पानी काठमाडौं आइपुग्न लागेको हो । मेलम्चीको पानी दशै. भित्रै काठमाडौं ल्याइपुर्याउने मन्त्री मगरको महत्वाकांक्षी योजनामा प्रमूख ठेकेदार कम्पनीले एक महनिा अनेकौं बखेडा झिकेर काम रोकीदिएपछि केही पर सर्न गएको हो । मन्त्री मगरले मेलम्चीको पानी राजधानीवासीलाई खुवाउन भर मग्दूर प्रयास गरेकी छिन् ।

मन्त्री मगरले मेलम्चीको पानी समयमै ल्याउनको लागि मन्त्रालयको सचिवालयलाई पूरै जिम्मा दिएर कार्यस्थलमै खटाएकी छिन् भने आफूले पनि दर्जनौं पटक मेलम्चीको आयोजनाको निरीक्षण गरी अनुगमन र निर्देशन दिएकी छिन् ।

Loading...

Related News

मन्त्री मगरको स्वागतयोग्य काम : एसएसबीद्वारा हत्या गरिएका शहीद गौतमका तीन छोरीलाई काठमाडौंमा भर्ना

– प्रकाश सिलवाल/ काठमाडौँ, ५ जेठ- ‘यी नानीहरुलाई राम्रोसँग हेर्नुहोला’ शहीद गोविन्द गौतमका तीन छोरीलाई भर्ना गराएर खाजा खाँदै गर्दा…

अब महिला नै पानी उद्यमी : खानेपानी मन्त्रीले गराइन् महत्त्वपूर्ण सम्झौता

काठमाडौं, २५ बैसाख – स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी