परिवर्तनको अनुभुति दिलाउनेगरी काम गर्न मन्त्री पोखरेलको निर्देशन

185 Hits

काठमाण्डौं, ११ असाेज-

शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जनतालाई परिवर्तनको अनुभुती दिलाउनेगरी काम गर्न निर्देशन दिनुभएको छ ।


शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदैं मन्त्री पोखरेलले भन्नुभयो । अब पुरानैं शैंलीमा काम गरेर हुन्न, जनताप्रती उत्तरदायी भएर नतिजा आउनेगरी काम गर्नुपर्छ ।

७ वटैं प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव, शिक्षा विकास निर्देशक, शिक्षा तालिम केन्द्र प्रमुख र मन्त्रालयका सबैं बिभागिय प्रमुखहरुका लागि आयोजित अभिमुखीकरण कार्याशाला गोष्ठीमा मन्त्री पोखरेलले सामुदायिक विद्यालयहरुलाई रुपान्तरणको प्रक्रियामा लैंजाने निर्णय भएको जानकारी गराउँदैं अब बिद्यालय सुधारका कार्यक्रम ल्याउन निर्देशन पनि दिनुभयो ।

प्राविधिक शिक्षा र जिवन उपयोगी शिक्षा अनिवार्य आवश्यक भएको उल्लेख गर्दै मन्त्री पोखरेलले ज्ञान र सिपमा आधारित शिक्षा प्रदान गर्नेगरी शिक्षाको पुर्नचना आवश्यक भएको बताउनुभयो । शिक्षामा बिज्ञान र प्रविधि अनिवार्य जोड्नुपर्ने बताउँदैं मन्त्री पोखरेले विज्ञान र प्रविधिलाई बुझेर विकास गर्नुपर्ने बताउनुभयो ।

शिक्षाको आमुल परिवर्तनको पक्षमा छौं,  सुधारको सुचांक देखिएको छ, नयाँ ढंगबाट शिक्षाको पुर्नसंरचना गर्दा समस्या देखिन सक्छन् मन्त्री पोखरेलले भन्नुभयो ः तपाईहरु नेतृत्वमा हुनुहुन्छ नेतृत्वले समस्याको समाधान पनि खोज्नुपर्छ ।

राष्ट्रले मागेको भन्दा आफु अनुकुल निर्णय गर्ने परम्पराको अन्त्य गर्नुपर्ने बताउँदैं मन्त्री पोखरेलल नतिजामा आधरित भएर सबैंको कामको मुल्याङ्न हुने बताउनुभयो ।
शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा आजबाट आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेश सरकार मातहत सञ्चालन हुने शिक्षा सम्बद्ध कार्यक्रमहरु कार्यान्वयन सम्बन्धमा अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

कार्यक्रममा मन्त्रालयका सहसचिव एवम् योजना महाशाखा प्रमुख बैंकुण्ठ प्रसाद अर्यालले आ.व. २०७५÷०७६ को शिक्षा तथा विज्ञान प्रविधि सम्बन्धी बजेट तथा कार्यक्रमको प्रस्तुती गर्नुभएको थियो ।
प्रदेश तहमा शैक्षिक कार्यक्रम कार्यान्वयन सङ्ग सम्बन्धित समस्याहरुको पहिचान गरी समाधानका उपायहरु पहिल्याउने उद्येश्यले कार्यक्रम आयोजना गरिएको महाशाखा प्रमुख अर्यालले बताउनुभयो ।

संघ प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यका उपयुक्त विधि पहिचान गर्न, शैक्षिक कार्यक्रमको प्रगति प्रतिवेदन मोडालिटी र कार्यान्वयन विधि पहिचान गरी कार्यान्वयन गर्न गोष्ठीले सहयोग गर्ने अर्यालले बताउनुभयो । गोष्ठी भोलिसम्म चल्नेछ ।

Loading...

Related News

के यहि तरिकाले हुन्छ बालबालिकाकाे विकास ?

काठमाडौं, २४ मंसिर — शिक्षामा निजिकरणकाे असर बालबालिकाकाे मनाेविज्ञानमा गम्भीर असर परेकाे छ । शिक्षाकाे नाममा खाेलिएका निजी स्कुलमा विद्यार्थीले…

सम्बन्धनविरूद्द नेविसँघले लगायाे त्रिविमा ताला, के भन्छन् अखिल ?

काठमाडौँ, १९ मङ्सिर- प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी