‘यसपालिको चाडमा सिजी लाग्यो घरघरमा’ : विशेष छुट सहितका आकर्षक उपहार

47 Hits

काठमाडौं, १० असोज-

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी. ले यसपालीको चाडपर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै आप्नो “यसपालीको चाडमा, सि.जी. लाग्यो घरघरमा” नामक नयाँ उपहार योजना ल्याएको छ ।

सिजीले एक विज्ञप्ती जारी गर्दै उपहारको घोष्णा गरेको हो । यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, ३६% सम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त सक्ने जनाएको छ । साथै, हरेक हप्ता सि.जी. कै रेफ्रिजरेटर तथा सि.जी. कै टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाईल्याण्ड घुम्ने अवसर पनि रहेको छ ।

त्यसैगरी उक्त योजना अन्तर्गत ग्राहकहरुले सि.जी. ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी, ३६% सम्मको बचत, तथा सि.जी. ५.१ स्पिकर लगायत सि.जी. २.१ स्पिकर प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी सि.जी. ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी, २१% सम्मको बचत लगायत इन्टेक्स् फिटरिस्ट् वाच प्राप्त गर्न सक्नुहुनेछ । सि.जी. ब्राण्डका वाशिङ्ग मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, इन्टेक्स् फिटरिस्ट् वाच लगायत ५ किलोग्राम एरियल डिटरजेन्ट पाउडर प्राप्त गर्न सकिने सिजीले जनाएको छ ।
यसैगरि सि.जी. ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक पक्का उपहारहरु रहेको उसले दावी गरेको छ । यो आकर्षक योजना असोज १० गतेबाट देशभरमा सिमित अवधिका लागि मात्र लागु गरेको कम्पनीले जनाएको छ ।

Loading...

Related News

सि.जीको विश्वकप अफर दुई जनाले पाए २० इन्चको एल.इ.डि. टि.भी.

काठमाडौं, १५ असार अत्यन्त प्रख्यात चौधरी ग्रुपले चलिरहेको विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर गरि सञ्चालन गरेको लक्की ड बाट २ जनाले…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी