प्रदेश ७ काे नाम र राजधानीकाे विवादले धनगढीमा तनाब, जनता दुई धारमा

40 Hits

धनगढी, ११ असाेज

संसदीय विशेष सुझाब समितिले ७ नम्बर प्रदेशको नाम र राजधानीको प्रस्ताव छलफलका लागि संसदमा पेश गरेसंगै कैलाली जनता दुई धारमा विभाजित भएका छन्।

विशेष समितिले मंगलबार (९ असोज) मा प्रस्ताव गरेको प्रदेशको राजधानी र नामांकनलाई लिएर कैलालीबासी दुई ध्रुवमा विभाजन भएका हुन्।

अहिले प्रदेशको अस्थायी राजधानी रहेको धनगढी क्षेत्रका बासिन्दा विरोधमा उत्रिएका छन् भने प्रस्तावित राजधानी गोदवारीमा त्यसको स्वागत भइरहेको छ। धनगढीमा राजधानी सार्ने विरोध गर्दै बिहीवार विशानैदेखि हडतालसहित प्रदर्शन भइरहेको छ भने अत्तरियामा स्थानीय वासिन्दाले आफूहरुको स्थानमा राजधानी हुने भएपछि खुसी साट्दै राष्ट्रिय झण्डा बोकेर अत्तरिया बजार क्षेत्रमा प्रभातफेरी गर्नुका साथै अत्तरिया चोकमा स्वागत कोणसभा समेत गरेका छन्।

कोणसभामा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा यस क्षेत्रका सामाजिक अगुवाहरुले नौ जिल्लाको सवै हिसावले गोदाबरी पायक पर्ने भएकोले बिशेष सुझाब समितिले पेस गरेको प्रतिवेदनले सबै जिल्लाको प्रतिनिधित्व गरेको बताएका छन्। उनीहरुले कैलालीमै यो प्रस्तावको विरोध हुनु दुःखद् भएको बताएका छन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी