लमजुङको सुन्दरबजार नगरपालिकामा बजार अनुगमन, के के भेटियाे ?

161 Hits

लमजुङ, १० असाेज –

दशै नजिकिँदै जाँदा बजार अनुगमनले तिव्रता पाएकाे छ । जिल्लाकाे सुन्दरबजार नगरपालिकाका सिउँडिबार र पाउँदीबजारमा गरिएको अनुगमनमा बिल विजक नभएकाे तिन ट्रक नियन्त्रणमा लिईएका छन् ।

प्रमुख जिल्ला अधिकारी झंक ढकालले बजार अनुगमनकाे जानकारी गराएका छन् । उनका अनुसार २०७५ अाश्विन १० गते सुन्दरबजार नगरपालिकाका सिउंडीबार र पाउंदीबजारका ४० वटा पसल र बजारमा सामान बेच्ने केही सवारी साधनहरूमा समेत अनुगमन गरिएकाे छ ।

अनुगमनका क्रममा मूल्य अभिवृद्वि कर बिजक विना नै मालसामान विक्री वितरण गरेकाे अवस्थामा ३ वटा मिनि ट्रक नियन्त्रणमा लिइएकाे छ । साे सम्बन्धमा अावश्यक छानविन गर्न अान्तरिक राजश्व कार्यालय पाेखरालाइ पत्राचार भैसकेकाे छ । अनुगमनकै क्रममा परिक्षणबाट खान अयाेग्य भनी रिपाेर्ट प्राप्त भैसकेकाे उत्तम ब्रान्डकाे ताेरीकाे तेल ९ कार्टुन बरामद गरिएकाे छ भने म्याद गुज्रिएका जुस,पाउडर दूध, दालमाेठ बिस्कुट चियापत्ति(सन् २०१३ सम्म डेट भएका) लगायतका समाग्री बरामद गरि ताेरीकाे तेल बाहेकका अन्य सामग्री सम्बद्व निकायका पदाधिकारीहरूकाे उपस्थितिमा नष्ट गरिएकाे छ ।

उनले उपभाेक्ता महानुभावहरूलाई बस्तुकाे गुणस्तर, परिणाम र मापदण्ड प्रती सचेत हुुुन र व्यवसायीहरूरले सामाजिक उत्तरदायित्व वहन गर्न अाग्रह गरेका छन् ।

Loading...

Related News

भाचोकखोला खानेपानी आयोजना निर्माणमा किन ढिलाई ?

लमजुङ, ६ जेठ । बेँसीसहरस्थित भाचोक खोला खानोपानी आयोजना निर्माणमा ढिलाइ भएको छ । असार मसान्तसम्म सक्ने गरी आयोजना निर्माणको सम्झौता…

लमजुङमा साढे ४ हजार सवारी कारबाहीमा, २९ लाख राजस्व संकलन

विमला अधिकारी, १९ बैशाख, लमजुङ । लमजुङमा चालु आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न खालका ट्राफिक नियम उलंघन गर्ने सवारीमाथि गरिएको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी