बलात्कार प्रयासमा बालिकाको प्रतिकारपछि हत्या , हत्यारा पक्राउ

69 Hits

पोखरा-पोखरा महानगरपालिका–२२, पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया विक (सुनार)को हत्याको आरोपमा प्रहरीले बालिकाका छिमेकी कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बुधबार दिउँसो पत्रकार सम्मेलन गरी कास्की प्रहरीले पौडेललाई सार्वजनिक गरेको हो । २७ वर्षीय अभियुक्त पौडेलले बलात्कार प्रयासमा बालिकाले प्रतिकार गरेपछि हत्या गरेको स्वीकार गरेको पनि प्रहरीले जनाएको छ ।

साथीहरुसँग मदिरा सेवन गरेका पौडेलले बालिकालाई एक्लै देखेपछि पैसा दिएर फकाउन खोजेको र बालिकाले नमानेपछि नजिकै रहेको पानीट्यांकीमुनि धकेलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

उनले फेरि जबर्जस्ती गर्न खोज्दा बालिकाले चिच्याएपछि दुवै हातले घाँटी थिचेको र बालिका बेहोस भएपछि ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको स्वीकारेको पनि प्रहरीले जनाएको छ ।

बालिकाको हत्यापछि उनी पुनः भट्टीमा पुगेर मदिरा सेवन गरेको पनि प्रहरीको भनाइ छ । गत सोमबार स्कुलबाट फर्केपछि बिस्कुट किन्न पसल गएकी श्रेया सुनारलाई मदिराले लठ्ठिएका पौडेलले बलात्कार प्रयासपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी