उपत्यकामा यात्रु सहायता कक्ष स्थापना

62 Hits

काठमाडौँ- नेपालीको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

दशैँ मान्न उपत्यकाबाट झण्डै २५ लाख मानिस बाहिरिने हुँदा यात्रुको सहायताका लागि उक्त कक्ष स्थापना गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, नयाँ बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले स्थापना गरिएको सहायता कक्षमा अपराध, दुव्र्यवहार, यात्रुले भोग्नुपरेका समस्या राख्न सकिने बताउनुभयो । सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्राफिक प्रहरी र जनपद प्रहरीका कर्मचारीहरु रहनेछन् ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी