एसिया कप : भारतलाई बराबरीमा रोक्यो अफगानिस्तानले

79 Hits

काठमाडौं ।युएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर–४ को अन्तिम खेलमा अफगानिस्तानले बलियो टोली भारतलाई बराबरीमा रोक्न सफल भएको छ । गत राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अफगानस्तिानले भारतसँग खेल्दै अंक बाँडेको हो ।

तर, यसअघि नै दुई खेल हारेको अफगानिस्तान सुपर–४ बाटै बाहिरिएको छ । यो खेल हारेको भए पनि भारतलाई कुनै फरक पर्दैनथियो । किनभने, यसअघि नै ऊ फाइनल पुगिसकेको छ ।

खेलमा अफगानिस्तानले दिएको २५३ रनको लक्ष्य भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर भेटेको थियो । त्यक्रममा उसले २५२ रन मात्रै बनायो । र, खेल बराबरीमा सकियो ।

भारतका लागि लोकेस राहुलले सर्वाधिक धेरै ६० रन जोड्दा अम्बाती रायडुले ५७ बनाए । त्यस्तै, दिनेश कार्तिकले ४४ बनाए पनि महेन्द्रसिंह धोनीले ८ रन मात्रै बनाए । यो खेल धोनीका लागि एक दिवसीय क्रिकेटमा २००औं कप्तानीको खेल थियो ।

यता, बलिङतर्फ अफगानिस्तानका अफ्ताब आलम, मोहमद नाबी र रासिद खानले समान २–२ विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रेको अफगानिस्तानले ५० ओभरमा ८ विकेटको क्षतिमा कूल २५२ रनको योगफल बनाएको थियो । त्यसक्रममा अफगानिस्तानका मोहमद शाहजादले १२४ रनको शतकीय पारी खेलेर टोलीका स्कोर उकासेका थिए ।

त्यस्तै, मोहमद नाबीले ६० रनको अर्धशतकीय पारी खेल्दै टोलीको स्कोर उकास्न योगदान गरे । यता, बलिङतर्फ भारतका रवीन्द्र जडेजाले ३ विकेट लिए भने कूलदीप यादवले २ विकेट झारे ।

अन्तिम खेलमा अफगानिस्तानसँग बराबरीमा रोकिएको भारत यसअघि नै सुपर–४ को विजेता बन्दै फाइनलमा पुगिसकेको छ ।

आज पाकिस्तान र बंगलादेशबीच सुपर–४ अन्तर्गत अन्तिम खेल हुँदैछ । यस खेलको विजेताले एसिया कपको उपाधिका लागि फाइनलमा भारतसँग भिड्ने छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी