शान्ति विश्वविद्यालय स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन

73 Hits

काठमाडौं -प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले ‘शान्ति विश्वविद्यालय स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’लाई अनुमोदन गरेको छ। उक्त सम्झौतालाई प्रतिनिधिसभाले सर्वसम्मतिले पास गरेको हो।

शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता माथिको छलफलमा सहभागी हुदै सांसद खगराज अधिकारीले कोस्टारिकामा शान्ति विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव प्रसंसनीय रहेकाले नेपालले अनुमोदन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।

सासंद प्रेम सुवालले शान्ति विश्वविद्यालय बनाउने कुरा राम्रो भएपनि पाठ्यक्रम राम्रो बन्न सकेन भने अपेक्षाकृत उपलब्धि नहुने भन्दै पाठ्क्रम निर्माणमा उचित ध्यान दिनुपर्नेमा जोड दिए। उनले साम्राज्यवाद र पुँजीवादको समाप्त नभएसम्म शान्ति सम्झौता अनुमोदन गर्दैमा शान्ति नआउने तर्क गरे।

सांसद पुष्पा भुसालले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता अनुमोदन गर्नु अगाडि विश्वविद्यालयको पाठ्क्रमलाई छलफलको विषय बनाइनुपर्ने बताए। कुनै पनि नेपाली नागरिक अन्तर्राष्ट्रिय शान्ति विश्वविद्यालयमा पढेर आइसकेपछि शिक्षा मन्त्रालय वा नेपालको विश्वविद्यालयको राय के हुने भन्ने बारे पहिले नै स्पष्ट हुनु जरुरी रहेको उनको भनाइ थियो।

सांसद नवराज सिलवाल नयाँ पुस्तालाई द्धन्द्ध अन्त्य गर्दै शान्ति स्थापनामा लिनुपर्ने नेतृत्व र सक्रियता अघि बढाउने सन्दर्भमा कोस्टारिकाको शान्ति विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताए। उनले नेपालले लामो समय देखि अन्तर्राष्ट्रियस्तरमा शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघलाई सहयोग पुर्‍याउँदै आएको परिवेशमा सम्झौता पास गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढ्ने बताए। सासद देव गुरुङले महासन्धि पास गर्ने प्रस्ताव सकारात्मक भएपनि अंग्रेजी अनुवादमा कतिपय भाषा अस्पष्ट भएकाले स्पष्ट पारेर अघि बढ्नुपर्ने सुझाव दिए।

परराष्ट्रमन्त्रीको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मिलन गर्ने सम्बन्धी प्रस्ताव पेश गरेका थिए। सांसदहरूले प्रस्तावमाथि उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले अन्तर्राष्ट्रिय सम्झौताको नेपाली अनुवादमा देखिएका भाषागत भएका त्रुटीलाई सच्याइने र प्राप्त सुझावलाई समेटेर अघि बढ्ने बताए।

संयुक्त राष्ट्रसंघको सहयोगमा जापान र कोस्टारिकामा शान्ति विश्वविद्यालय स्थापना भएको छ। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अशोज १२ गते कोस्टारिका पुगेर त्यहाँस्थित शान्ति विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी