‘प्रकाण्ड’ सर्वोच्चको आदेशपछि रिहा

66 Hits

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएका छन् । सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले रिहा गर्न आदेश दिएको यो छैठौँ पटक हो । यसअघि सर्वोच्चले रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालतको गेटबाटै उनलाई पुनः पक्राउ गरेको थियो ।

यसपटक भने प्रहरीले उनलाई पक्राउ गरेन । प्रहरीले उनलाई दाङ, भोजपुरलगायत विभिन्न जिल्लामा पुर्याएको थियो । सर्वोच्चका न्यायाधीश अनिल कुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो ।

थुनामुक्त गर्न आदेश दिँदा पनि प्रकाण्डलाई पटक–पटक अदालत परिसरबाटै प्रहरीले पक्राउ गर्ने घटना दोहोरिन थालेपछि यसअघि सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता हनन् नगर्न सरकारको ध्यानाकर्षण समेत गराएको थियो ।

गृहमन्त्रालयले वार्ताका लागि टोली गठन गरेकाले विप्लव समूहका प्रवक्तालाई सरकारकै निर्देशनमा पक्राउ नगरिएको बुझिएको छ । वार्ता गर्न गठित टोलीले प्रकाण्डलाई रिहा नगर्दासम्म विप्लव समूहसँग वार्ता गर्ने वातावरण नबनेको भन्दै सर्वोच्चको आदेश पालना गर्नुपर्ने सुझाव दिएको थियो ।

वार्ता सहज बनाउन पनि प्रकाण्डलाई रिहा गरिएको बुझिएको छ । रिहा भएपछि माइतीघर मण्डला पुगेका प्रकाण्डलाई नेकपाका कार्यकर्ताले स्वागत गरेका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी