साप्ताहिक समिक्षा बैठकमा खानेपानी मन्त्री मगरले गरीन् यस्तो उद्घोष

234 Hits

काठमाडौ., ९ असोज ।
सरकारका मन्त्रीहरुको पर्फरमेन्स नदेखीएको भनेर सार्वजनीक आलोचना हुने गरेको भएता पनि खानेपानी मन्त्री विना मगरको कामको बारेमा भने आलोचना भन्दा प्रशंसा नै वढि आउन थालेका छन् ।

राजधानीबासीको वर्षैदेखिको सपना बनेको मेलम्चीलाई साकार पार्न लागि परेका उदाहरणदेखि आधा घण्टाभन्दा वढि समय लगाएर खानेपानी ल्याउन बाध्य महिलाहरुको लागि हट लाईन सार्वजनीक गरेको कुरा पनि मन्त्री मगरको प्रशंसा गर्ने कार्य बनेका छन् । त्यसैगरी उपत्यकाका खानेपानी उत्पादक र पानी वितरण गर्ने ट्यांकर र मुहानको एकै साथ अनुगमन गरी कार्वाही गर्ने देखि अस्पतालमा उपलव्ध गराईने पानीको अनुगमन पनि मन्त्री मगरका राम्रा कार्यको रुपमा प्रचाचरित छन् ।

मन्त्री मगरले मंगलबार मनत्रालयमा आयोजित साप्ताहिक बैठकमा फेरी अर्कोए जनपक्षीय कार्यको शुरुवात गर्ने उद्घोष गरेकी छीन् ।
खानेपानी मन्त्रालयले देशैभरि ढलको व्यवस्थापन गर्न र पानी बोक्ने ट्यांकरहरुको अनुगमन गर्न निर्देशिका मस्यौदा समिति बनाउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बसेको साप्ताहिक समीक्षा बैठकमा देशैभरि ढलको व्यवस्थापन तथा अनुगमन गर्न र ढलको प्रारम्भिक प्रशोधन गरेर मात्र निष्काशन गर्ने व्यवस्था लागु गर्न मस्यौदा समिति बनाउने निर्णय गरेकी हुन् ।

मन्त्रालयले बनाउन लागेको समितिको नाम पानीको स्रोत तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन निर्देशिका मस्यौदा समिति रहेका छन् ।

पानीको स्रोत संरक्षण तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समितिको संयोजकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा र सदस्यहरुमा रमेश केसी, डेल प्रसाद चापागाई, नारायण खनाल र सुरेश महाजु र फोहोर पानी निष्काशन निर्देशिका मस्यौदा समितिको संयोजकमा सहसचिव अनिलभद्र खनाल, सदस्यहरुमा मिना श्रेष्ठ, संजीव विक्रम राणा, अर्जुन ढकाल, टिकाबहादुर चौधरी र सुरत बम रहनु भएको छ ।

बैठकमा मन्त्री मगरले कामको गति बढाउन सम्बन्धित विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी थिइन् । बैठकमा खानेपानी मन्त्री समक्ष मन्त्रालय मातहतका विभागीय प्रमुखहरुले साप्ताहिक रिपोर्टिङ गरेका थिए । यसैबीच अघिल्लो साता काठमाडौं उपत्यका लगायत देशका ७५ वटै जिल्लामा ढलको अनुगमन गरिएको थियो । काठमाडौं उपत्यका बाहेक अन्य जिल्लामा रहेका अस्पतालहरु मध्ये ३८ वटा अस्पताल र ३६ वटा होटलको अनुगमन गरिएको रिपोर्टिङ बैठकमा पेश भएको थियो ।

बैठकमा मन्त्रालयसँगको समन्वय मार्फत वाटर एडको सहकार्यमा नेपाल खानेपानी संस्थानले सिरहाको लहान नगरपालिका वडा नं। १ देखि १० सम्मको सेवा क्षेत्रमा रहेका गरिब निमुखा जनतालाई खानेपानीको सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको जानकारी समेत गराईएको थियो ।

Loading...

Related News

मेलम्चीमा सिएममी फर्काउन नमानेपछि खानेपानी सचिव ठाकुरको सरुवा

काठमाडौं, ७ फागुन । सरकारले मेलम्ची खानेपानी आयोजनाको जिम्मेवारी लिएको ईटालियन ठेकेदार कम्पनि सिएमसीलाई काममा फर्काउन नचाहने खानेपानी मन्त्रालयका सचिव…

काठमाडौंको खानेपानीको समस्या हल गर्न निकै गम्भीर : खानेपानी मन्त्री

काठमाडौं, १ फागुन । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई निकै गम्भीरतापूर्वक सरकारले हल गर्न खोजिरहेको बताउनुभएको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी