एन्फा निर्वाचनमा आर्थिक चलखेलको गम्भीर आरोप

72 Hits

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका मणि कुँवरले चुनावका बेला ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन् ।

कुँवरले आर्थिक चलखेलको प्रमाण आफूसँग सुरक्षित रहेको छ र चाहिएको बेला प्रस्तुत गर्न सक्षम रहेको दाबी गरे । उनले यी सबै प्रमाण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा पठाइसकेको बताए ।

उनका अनुसार वर्तमान एन्फा कार्यसमितिमाथि   निर्वाचन कमिटीलाई ज्यानमार्ने धम्की र आर्थिक प्रलोभनमा पारेको, मतदातालाई प्रत्यक्ष रूपमा पैसा बाँड्ने काम गरेको, मतदातालाई प्रभावित गर्ने उद्देश्यमा देशका विभिन्न स्थान तथा भारतसमेत लगेर ठूलो धनराशि खर्च गरेको, मतदातालाई चुनावलगत्तै युरोप भ्रमण गराएको,  तथा निर्वाचनका क्रममा मतदाता र अन्य सहयोगीलाई सयौं संख्यामा हवाई टिकट उपलब्ध गराइएको आरोप छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी