असोज २१ गते देखि नयाँ नोट, एक जनाले २७ हजारसम्म साट्न पाउने !

61 Hits

काठमाडौं, ९ असाेज । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणको तयारी थालेको छ । यसपालीको दशैंमा सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक गरी तीन सरकारी बैंकमार्फत् सटही सुविधा उपलब्ध गराउने भएको छ । आगामी २१ गते देखि सटही सेवा सुरु गरिने रास्ट्र बैंकले जनाएको छ।

निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइने भएको छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई भने सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न राष्ट्र बैङ्कले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । यसपालि ४० अर्ब रुपैयाँको नयाँ नोट साटिने लक्ष्य छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । तर, राष्ट्र बैङ्कमै गएर साट्नेहरूले भने प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी