‘बिहे गर्न नमानेको’ भन्दै महिलामाथि एसिड र छुरा हानियो : अवस्था गम्भीर

52 Hits

नवलपरासी।
यहाँ बिहे गर्ने प्रस्ताव अस्वीकार गरेको भन्दै एक महिलामाथि एसिड र छुरा हानिएको छ । पूर्वी नवलपरासीको कावासोती नपा–१६, हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै महिलामाथि यस्तो आक्रमण गरेका हुन् ।

छुरा हान्ने स्थानीय ३६ वर्षीय खले बिक भन्ने विमल श्रीपाली हुन् । उनले गाउँकै ३० वर्षीया बसन्ती परियारलाई बिहे गर्न नमानेको झोंकमा छुरा हानेका हुन् ।

तर, बिहे गर्न प्रस्ताव गर्ने र अस्वीकार गर्न दुवै विवाहित हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएअनुसार विमलले बसन्तीलाई सोमबार राति एसिड छ्यापेका थिए । एसिड छ्यापेपछि उनले पटक–पटक छुरा हानेका थिए ।

अहिले बसन्ती गम्भीर अवस्थामा छिन् । उनको चितवनको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरीले बताएको छ ।

यता, छुरा हान्ने विमल श्रीपालीले आफ्नो अपराध कबुल गरेका छन् । उनलाई प्रहरीले पक्रेर कारबाही थालेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी