एसिड आक्रमणमा परेर ज्यान गुमाएकी सम्झनाको परिवारलाई सरकारले चार लाख दिने

68 Hits

जनकपुरधाम।
तीजको दर खाने दिन राति एसिड आक्रमणमा परेर गम्भीर घाइते भइ उपचारको क्रममा ज्यान गुमाएकी सम्झना दासको परिवारलाई प्रदेश २ सरकारले चार लाख दिने निर्णय गरेको छ ।

गत आइतबार राति ज्यान गुमाएकी रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षीय सम्झनाको परिवारलाई प्रदेश सरकारले उपचारकै क्रममा एक लाख दिने निर्णय गरेको थियो भने अहिले थप तीन लाख दिने निर्णय गरेको छ । प्रदेश २ सरकारले पीडित परिवारलाई ‘बेटी पढाउ बेटी बचाउ’ अभियानबाट थप तीन लाख दिने निर्णय गरेको हो ।

सम्झना र उनकी १५ वर्षीया बहिनी सुस्मितालाई रौतहटमा रहेको आफ्नै घरमा सुतिरहेका बेला एसिड प्रहार भएको थियो । एसिड प्रहारबाग गम्भीर घाइते भएकी सम्झनाको उपचारको क्रममा निधन भएको थियो भने बहिनी सुस्मिताको भने स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

एसिड प्रहार गरेको आरोपमा प्रहरीले छिमेक रामबाबु पासवानलाई पक्राउ गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी