फेसबुक लफडाः डिएसपीलाई आफ्नै बुहारी ‘सेक्सी’ लागेपछि…

98 Hits

काठमाडौं, ९ असाेज । फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ ।

प्रविधिको राम्रो ज्ञान नहुँदा र दुरपयोगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् ।

नेपाल प्रहरीका एक पुर्व डिएसपी पनि अहिले फेसबुकको लफडामा फसेका छन् ।

आफ्नी भाई बुहारीलाई अश्लील सन्देश पठाएको तथा फोटोमा चरित्रहत्या गर्ने गरी कमेन्ट गरेको आरोपमा पुर्व डिएसपी कृष्णकुमार खड्का क्षेत्री पक्राउ परेका हुन् ।

उमेरले करिब ६ दशक पुगेका उनलाई फेसबकुको लत रहेछ ।

साथीभाई तथा आफन्तको फोटो र स्टाटसमा कमेन्ट गरिरहने मात्र होइन, म्यासेन्जरमा म्यासेज पनि पठाईरहन्थे ।
त्यही क्रममा उनले आफ्नी बुहारीको फोटोमा सेक्सी भनेर कमेन्ट गरे ।

बुहारी आश्चार्यमा परिन् ।
अन्य फोटोमा पनि उनले त्यस्तै कमेन्ट गर्दै गए ।

पछि त च्याटमा नै अश्लील म्यासेजहरु पठाउन थालेपछि उनकी बुहारी हैरान भईन् र प्रहरीमा पुगिन् ।

काठमाडौंमा होस्टल चलाउने ती महिला असोज २ गते उजुरी लिएर महानगरी अपराध महाशाखा पुगिन् ।

महाशाखाले उनलाई फोन गर्यो ।
उनी भुपु डिएसपी भएको पत्ता लाग्यो ।

नेपालगन्ज बस्ने उनलाई काठमाडौं ल्याईयो ।
गत शुक्रबार उनलार्य महाशाखाले बोलायो, बुहारीलाई पठाएको म्यासेज देखायो ।, यो खबर आज प्रकाशित दृष्टि साप्ताहिकमा छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी