अदालतका अधिकृतलाई आक्रमण गरेपछि फुजेलका नुरप्रसादलाई ज्यान मार्ने उद्योगमा मुद्धा

69 Hits

ललितपुर, ९ असोज ।
गोरखा फुजेलका नुरप्रसाद अधिकारीले ललितपुर अदालतका अधिकृतमाथि आक्रमण गरेपछि प्रहरीले पक्राउ गरी ज्यान मार्ने उदोगमा मुद्धा दायर गरेको छ ।

गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई ललितपुर जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई अनुमति दिएको हो ।

आइतबार उच्च अदालत पाटनमा तोडफोड गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै उनले अदालत तोडफोड गरेका थिए । उनको आक्रममणबाट इजलास अधिकृत रोशन बस्नेतको हातमा चोट लागेको छ ।

‘नुरप्रसादलाई आइतबार पक्राउ गरेको र उनले अदालतमा तोडफेड र अधिकृतमाथि नै सांघातिक अक्रमण गरेपछि ज्यान मार्ने उद्योगमा सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी एसपी शेखर खनालले बताएका छन् ।

नुरप्रसादले ललितपुरकी बिन्दु घतानीको घरजग्गा सम्बन्धी मुद्दाको वारेस लिएर उच्च अदालत पाटन गएका थिए । ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन आएका थिए । उक्त मुद्दामा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशले आइतबार जिल्ला अदालतको फैसला सदर गरेको थियो ।
माओवादी जनयुद्धका क्रममा भएको भाई कृष्ण प्रसाद अधिकारीलाई माओवादी को हत्याको विषयमा फुजेलका गाउँँले सबैलार्य मुद्धा लगाएपछि काठमाडौ.मा बसेका अधिकारीले त्यस यता अनेक हत्कण्डा अपानाएर माओवादी विरुद्ध गतिििध गर्दै आएका थिए । पछिल्लो समयमा सरकारले १ करोड दिएपछि सानर्वजनीक भएका अधिकारीले बुबाको शव समेत बुझ्न गएका छैनन् भने अरुको वारेस बस्दै अदालतमा तोडफोडमा उत्रिएपछि उनलाई पुन पक्राउ गरिएको हो ।

यस्तो छ घटनाक्रम
उच्च अदालत पाटनको इजलास नम्बर २ मा न्यायाधीशद्वय रमेश पोखरेल र शेखरप्रसाद पौडेलको संयुक्त इजलास थियो । इजलासको दोस्रो नम्बरमा जग्गा खिचलो मेटाई घर भच्काई पाउँ भन्ने मुद्दा पेसीमा थियो । पाँच थान मुद्दामध्ये तीनवटा मुद्दाको पक्षमा विन्दु घतानी मगर हुनुहुन्थ्यो । विपक्षीमा जानुका सुनुवार समेत हुनुहुन्थ्यो । यस्तै दुई मुद्दामा भने जानुका सुनुवार पक्ष र विपक्षमा महानगरीय प्रहरी परिसर थियो । विन्दुको मुद्दाको वारेसमा नुरप्रसाद थिए ।
आइतबार नियमित पेसी सूचीबाट मुद्दाको सुनुवाइ भई साँझ फैसला सुनाइयो । उच्च अदालतको संयुक्त इजलासले पनि सुरु अदालतलको फैसला सदर गरेको थियो । अर्थात् ललितपुर जिल्ला अदालतको आदेश सदर हुँदै विन्दुले मुद्दा हार्नु भएको थियो । विन्दुले मुद्दा हारेको जानकारी इजलास अधिकृतले दिएपछि वारेस बसेका अधिकारीले एक्कासि इजलास प्रवेश गरी तोडफोड गरेका हुन् ।
उच्च अदालतका रजिस्ट्रार दाहालका अनुसार इजलासमा रहेको कम्प्युटर फुटाएपछि अधिकारीले नजिकै रहेको मुद्दाको मिसिल लगायतका फाइल राखिएको दराज तोडफोड गरेका थिए । दराज तोडफोडपछि अधिकारीले इजलास अधिकृत रोशन बस्नेतमाथि कुर्सीले आक्रमण गरे । आक्रमणमा परेका बस्नेतले मुस्किलले कुर्सी छलेपछि कुर्सी झ्यालको सीसामा लागेको थियो । सीसा फुटाएर कुर्सी तल्लो तलामा खसेको थियो ।

Loading...

Related News

२९ वर्षपछि हत्यारा पक्राउ ।

खोटाङ, १ कात्तिक । जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेको छ । पक्राउ…

किर्ते गरेर जग्गा हडप्नेहरु धमाधम पक्राउ गर्दै प्रहरी, को को परे पक्राउ ?

काठमाडौँ, २७ असोज । नेपाल प्रहरीको अनुसन्धान विभागको सक्रियतामा किर्ते गरी जग्गा हडप्नेहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । राजधानीमै…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी