कुरामात्रै होइन काम गर्ने समय हो यो : प्रचण्ड

72 Hits

चितवन, ८ असोज ।
पुर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समय कुरामात्रै गर्ने नभई काम गर्ने बेला भएको बताएका छन् ।

दुईतिहाइ बहुमतको सरकारले विकास दिन नसके अर्को निर्वाचनमा जनताले कम्युनिस्टको विकल्प खोज्ने उनले चेतावनी पनि दिएका छन् ।
। जिल्ला समन्वय समिति चितवनको दोस्रो सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिपक्षी दलले समेत विकासका काममा सहयोग गर्छु भनिरहँदा पनि विकास दिन नसके कहिल्यै नसकिने धारणा राखेका हुन् ।

प्रचण्डले अहिले सरकारको नेतृत्व सक्षम रहेको, जनताले बहुमत दिएको र स्थायी सरकार समेत रहेको एवम् प्रतिपक्षीको समेत रचनात्मक सहयोग रहेको अवस्थामा जनताका अपेक्षा पुरा गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन समेत दिए ।

उनले भने ‘यतिवेला सबैको साथ मिलेको छ, त्यसैले भाषण होइन, एक्सनमा जाऔँ,’ उनले भने । आफ्नो दुई छिमेकी भारत र चीनको भ्रमण विशेष गरेर नेपालको विकासमा केन्द्रीत रहेको बताउँदै प्रचण्डले नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारीमा ठूला परियोजना सञ्चालन गर्न सकिने उद्देश्यले आफूले चीन र भारत भ्रमणमा सामूहिक विकास एजेन्डाबारे छलफल चलाएको उनले बताए ।

अधिकारविहीन जिससको औचित्य छैन

पूर्वप्रधानमन्त्री प्रचण्डले संविधानको मर्मअनुसार समन्वय समिति अधिकारसम्पन्न हुन नसकेकोमा अफू पनि अचम्मित बनेको बताए । अधिकारविहीन अवस्थामा जिससले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने उनको निश्कर्ष थियो ।
प्रचण्डले भने, ‘स्थानीय तह, प्रदेश र संघसम्मको समन्वय गर्ने भनी परिकल्पना गरिएको जिल्ला तहको संरचना अधिकारसम्पन्न नहुँदा समन्वय हुन सक्दैन ।’

Loading...

Related News

लाग्याे ईन्जिनियरलाई चुनाव, यस्ताे छ प्रगतिशील प्यानलकाे प्रतिवद्ता

काठमाडौं, २१ मंसिर – इन्जिनियरिङ पेशा अत्यन्तै व्यस्त पेशा हाे । पेशागत व्यस्तताबीच नेपालका इन्जिनियरहरू अहिले चुनावमा हाेमीएका छन् ।…

मन्त्रीपरिषद्का निर्णय : प्रतिभा पुरस्कारदेखि भिआइपी निवास र राजकीय पाहुना गृह बनाउनेसम्म

काठमाडौँ, २० मङ्सिर मन्त्रीपरिषदको बैठकले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्नेदेखि लिएर सांसद आवास गृह बनाउने सम्मका निर्णय गरेको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी