‘रोनाल्डो अब गोलको लयमा फर्किए’

55 Hits

काठमाडौं, ८ असाेज । इटालियन क्लब युभेन्टसका प्रशिक्षक एलेग्रीले आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन् । ‘सिरी ए’अन्तर्गत गत राति फ्रोसिननुविरुद्ध भएको खेलमा २–० को जित निकालेपछि उनले रोनाल्डोको प्रशंसा गरेका हुन् ।

अवे मैदानमा युभेन्टसलाई जिताउनेक्रमा रोनाल्डोले १ गोल गरेका थिए भने अर्को गोलका लागि भूमिका खेलेका थिए । खेलपछि पात्रकार सम्मेनमा बोल्दै एलेग्रीले रोनाल्डो आफ्नो गोलको लयमा आएको बताउँदै उनले अब लगातार गोल गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘च्याम्पियन्स लिगको निराश अवस्थाबाट लयमा आउन रोनाल्डोका लागि आजको गोल आवश्यक थियो, जुन उनले गरे,’ एलेग्रीले भने, ‘अब उनी लगातार गोल गर्न सक्छन्, जुन उनले विगतमा गर्दै आएका छन् ।’

रोनाल्डोले लिगका सुरुआती तीन खेलमा गोल गर्न नसक्दा एलेग्रीले रोनाल्डोलाई इंगित गर्दै इटालीमा आएर प्रतिसिजन ५० गोल गर्न सहज नभएको बताएका थिए ।

तर, गत रातिको खेलपछि उनले फरक धारणा राखे । ‘उनले गोल गरिराख्न्ुपर्छ । यदि त्यसो भए उनले च्याम्पियन्स लिगमा पनि त्यही लय कायम राख्छन्,’ एलेग्रीले भने, ‘उनलाई सहकर्मीले पनि सघाइरहेका छन्, यो राम्रो पक्ष हो ।’

रोनाल्डोले ‘सिरी ए’ मा ५ खेलबाट कूल ३ गोल गरेका छन् । १ गोलका लागि पास मिलाएका छन् । उनले पछिल्ला २ खेलबाट ३ गोल गरेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी