एसिड आक्रमणमा परेकी सम्झनाको उपचारक्रममा ज्यान गयो

76 Hits

काठमाडौं, ८ असाेज । गएको भदौ २६ मा एसिड आक्रमणमा परेकी रौतहटकी सम्झना दासको उपचारक्रममा ज्यान गएको छ । कीर्तिपुर अस्पतालमा उपचारक्रममा सम्झनाको ज्यान गएको कीर्तिपुर प्रहरी प्रमुख डिएसपी मेघबहादुर खत्रीले बताए ।

भदौ २६ मा मध्यरातामा घरमा सुतिरहेका बेला रौतहट चन्द्रनिगाहापुरकी १८ वर्षीया सम्झना र उनकी बहिनी सुस्मितामाथि एसिड प्रहार भएको थियो । उनीहरूमाथि स्थानीय रामबाबु पासवानले सुतेकै ठाउँमा एसिड हानेका थिए ।

पक्राउ परेका पासवानले आफू सम्झनासँग एकतर्फी प्रेममा रहेको बयान प्रहरीलाई दिएका छन् । तर, सम्झनाले इन्कार गरेपछि एसिड हानेको उनले बताएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी