स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श जरुरी : प्रचण्ड

58 Hits

चितवन- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श नै आजको आवश्यकता रहेको बताएका छन्।

चितवनको भरतपुरमा आयोजित आठौं हेल्थ अवार्ड २०७५ तथा नेपाल लाइभको पहिलो वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले हेल्प पब्लिकेशन प्रालिले स्वास्थ्य सेवामा विमर्शको सुरुवात गरेकोमा धन्यवाद दिए। ‘स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्ने, निरन्तरता दिने र यो क्षेत्रमा भिजन तयार पार्नको लागि केन्द्रित हुनु आवश्यकता छ’, प्रचण्डले भने।

उनले नेपालमा जडिबुटीको प्रचुर सम्भावना भएकाले त्यसलाई सदुपयोग गर्नुपर्ने बताए। आफू भारत भ्रमणमा गएका बेला रामदेवले औषधि बनाउनका लागि प्रयोग हुने जडिबुटी नेपालबाट आएको भनेर बताएको स्मरण गरे।

हामीकहाँ हरेक क्षेत्रमा अराजकता रहेको भन्दै प्रचण्डले त्यसको अन्त्य गर्नुपर्ने बताए। ‘हामीसँग तीक्ष्ण दिमागको कमी होइन’, प्रचण्डले भने, ‘हरेक क्षेत्रमा सुशासनको अभाव छ। अराजकताको समस्या छ। त्यसको अन्त्य भएपछि नेपालले चाँडै प्रगति गर्न सक्छ।’ प्रचण्डले भने।  कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न विधामा याेगदान पुर्‍याएका ७ जनालाई हेल्थ अवार्ड प्रदान गरिएको थियो।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी