तुलसी खाने गरेमा यस्ता रोगहरुदेखि टाढा रहन सकिन्छ

103 Hits

हरेक नेपालीको आँगनमा पाइने बोट तुलसी हो । तुलसीले हाम्रो वातावरणलाई सफा राख्न निकै ठुलो भूमिका खेल्ने गर्छ । तुलसीलाई आयुर्वेदमा विभिन्न खालका औषधीहरु बनाउन प्रयोग गरिन्छ । यदि हामीलाई तुलसीले हामीलाई पुर्याउने विभिन्न फाइदाहरु बारेमा हामीलाई थाहा भयो भने हामीलाई विभिन्न खालका औषधीहरु खाइरहनु पर्दैन । यसले हामीलाई विभिन्न खालका रोगहरुबाट टाढा राख्न मद्धत गर्छ ।

तुलसी खाँदा हामी निम्न रोगहरुबाट टाढा रहन सक्छौं :

१) खाना नारुचेमा वा पेट दुखेमा तुलसीको पात र अदुवा मिसाएर खाने गरेमा हामी यो समस्याबाट टाढा रहन सक्छौं ।

२) यदि तपाईलाई मधुमेह वा पिसाबको समस्या छ भने तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्ने गर्नुहोस तपाईलाई निकै फाइदा पुग्छ ।

३) ज्वोरो आएको समयमा वा रुघाखोकीले सताएको समयमा तुलसीको पात चपाएर खानुहोस । तपाईलाई आराम मिल्ने गर्छ ।

४) तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस (५–१० मिलिलिटर)मा मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ ।

५) कितानुशक शक्ति भएका कारण तुलसीको पातको लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

६) कुनै रोग नलागेको समयमा पनि तुलसी चपाएर खाने गरेमा यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी