शशांक कोइरालाको दाबी–‘कांग्रेसको नेतृत्व अब कोइराला परिवारबाटै हुन्छ’

96 Hits

काठमाडौं, ७ असाेज । नेपाली कांग्रेसको नेतृत्व अब कोइराला परिवारबाटै हुने नेपाली कांग्रसका महामन्त्री डा. शशांक कोइराला दाबी गरेका छन् । रुपन्देहीको बुटवलमा आइतबार आयोजित साक्षात्कारमा महामन्त्री कोइरालाले अबको पार्टी सभापति कोइराला परिवारबाट नै हुने बताएका हुन् ।

उनले कार्यकर्ताको माया र चाहनाअनुसार नै कोइराला परिवार सभापतिमा आउन लागेको बताउँदै भने, ‘शेखर दा, म र सुजातामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं । र, यसका लागि मैंले देश दौडाहामा थाहा पाएको छु ।’

महामन्त्री कोइरालाले अबको चार वर्ष पछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्नेमा विश्वस्त भएको बताएका छन् । उनले पार्टी सभापतिको अधिकार पनि विकेन्द्रित गर्नुपर्ने धारणासहति भने ‘कांग्रेस विवादमा अल्झने अवस्था छैन, अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ ।’

कोइरालाले अब हुने महासमितिमा बैठकमा नयाँ विधान पारित गरिने बताउँदै कम्तिमा आउँदो ३० वर्षका लागि विधान बनाउने प्रष्ट पारे । यसैगरी उनले सभापतिको अधिकार पनि विकेन्द्रीकरण गर्नुपर्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै तल्लो तहलाई पनि बलियो बनाउनुपर्ने तथा गाउँ र प्रदेशमा अधिकार दिनुपर्ने बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी