साबिक विजेता नेपालले सहभागिता जनाउने ‘बंगबन्धु गोल्डकप’को ट्रफी सार्वजनिक

46 Hits

काठमाडौं, ७ असाेज । पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप फुटबलको ट्रफी सार्वजनिक भएको छ । साविकको विजेता नेपालले सहभागिता जनाउन लागेको सो प्रतियोगिता आगामी अक्टोबर महिनाको पहिलो साताबाट बंगलादेशमा हुँदैछ ।

शनिबार बंगलादेश फुटबल फेडेरेसनले एक विशेष कार्यक्रमकाबीच ट्रफी सार्वजनिक भएको सो ट्रफी अघिल्लो वर्षको भन्दा निकै आकर्षक तरिकाले डिजाइन गरिएको छ । यस संकरणको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालले पहिलो खेलअन्तर्गत अक्टोबर २ मा ताजकिस्तानसंग खेल्नेछ भने यस्तै दोस्रो खेलअन्तर्गत अक्टोबर ६ मा प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशको राष्ट्रिय पिता बंगबन्धु शेख मुजिकुर रहमानको स्मृतिमा हुने प्रतियोगितामा यस अघिको संस्करणमा नेपालले बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी